सलिन मान बानिया र नम्रताको प्रेम सम्बन्ध - Sajha Mobile
SAJHA MOBILE
सलिन मान बानिया र नम्रताको प्रेम सम्बन्ध
Posts 1 · Viewed 3625 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0

काठमाडौं । रातको मध्यरात, त्रिभुवन विमानस्थलमा अकस्मात् भेटिएका दुई अनुहार- अभिनेता सलिनमान बनिया र अभिनेत्री नम्रता श्रेष्ठ।

मुम्बईबाट आएको उडानसँगै नम्रतालाई रिसिभ गर्न पुगेका सलिन, मास्कले अनुहार ढाकिए पनि क्यामेरा निगाहाबाट उम्किन सकेनन्।

त्यो क्षणलाई संयोग मान्ने कि सम्बन्धको संकेत भन्ने प्रश्न उठेको छ। अभिनेता बानिया र पूर्व मिस नेपालसमेत रहेकी अभिनेत्री नम्रता प्रेम सम्बन्धमा रहेको बताइन्छ।

सार्वजनिक गरिएका समाचारहरूमा उल्लेख छ, उनीहरू केही महिनादेखि निकै नजिक भएका छन्। प्रेमसम्बन्धको चर्चा त छ, तर दुवैले अझै मुख खोलेका छैनन्।

‘ए मेरो हजुर २’ बाट नेपाली फिल्ममा डेब्यु गरेका सलिनमान व्यवसायी समेत हुन्। सलोन बस्नेतका घनिष्ठ साथी रहेका उनी र नम्रता रंगी छायाँकनको क्रममा नजिक भएका बताइन्छ। उक्त चलचित्र सलोनले नै निर्माण गरेका हुन्।

फिल्ममा सलिनमानको कुनै अभिनय नरहे पनि छायाँकन अवधिभर सलिनमानले नै नम्रतालाई घरसम्म लाने–ल्याउने गरेको निकटस्थहरूले बताएको भन्दै समाचार आएका छन्।

सलिनमान यसअघि मेकअप आर्टिस्ट अस्प्रिना श्रेष्ठसँग लिभिङ टुगेदरमा थिए। उनले अस्प्रिनालाई गाडी उपहार दिएको विषयले फिल्म वृत्तमा राम्रै चर्चा पाएको थियो।


Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 30
· Posts 1 · Viewed 35
· Posts 1 · Viewed 134
· Posts 1 · Viewed 171
· Posts 1 · Viewed 278
· Posts 2 · Viewed 432
· Posts 1 · Viewed 300
· Posts 2 · Viewed 637
· Posts 1 · Viewed 302
· Posts 1 · Viewed 302



Travel Partners
Travel House Nepal