[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI IX

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 131708 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-27-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

तिम्रो घर चाचछरी त्यहीँ तल हैन र?
तिम्लाई मैले चाँचरी चिनेको छैन र?
बामरी फुलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट
झट्ट कपाल चाँचरी कोर न सान्नानी
तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि
बामरी फूलको बोट

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल
... ...


सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउतेदादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ



उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके।
जिन्दगी जीन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ
कसलाइ के चासो !!
कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ
...


 
Posted on 01-28-06 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ बिर्खे दाइ, मैले एक नुम्बुर को छ्याङ बनायाछु, भरे खाना आउनु है ।आहिले दल्ली दिदी र म माछा मार्न जाना लागेको, तेही माछा तारेर छ्याङ खानु पर्ल, अनी हाम्रो लाहुरे दाइ कता हराउनु भायो नि, अचेल त चौतारी मा नि भेट हुन्ना ।
 
Posted on 01-28-06 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सेर्पिनी दिदी त लहुरे भने पछी हुरुकै । हामी पनि त छम नि त हो नि ।
गाउमै भए पनि कुनै दिन त लाहुर जौला केरे
 
Posted on 01-28-06 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झुक्केछ लौ जा ।
डीदी होईन है
 
Posted on 01-28-06 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु शेर्पिनी नानी,
साँझ पनि परो मु त आएँ तिम्रोमा माछा र छ्याङ खान!
बरु छुर्पी पनि बाँकि छ भने राखि राख न है खाना खाएसि चपाम्न हुन्च।

कता लाएचन गाम्लेअरु आज? हिजो बलगेर्ति मुन्चे थे साझाँ आज चरो मुसो कोइ देख्तिन!
 
Posted on 01-28-06 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भा हो गाम्लेअरुलाई कोइ पनि आम्दैनन्। ब्यान नि मै थेँ यहाँ अइले नि मै छु।
चौतारी सुनसान हुन थालेच!!
 
Posted on 01-28-06 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो आज चौतरीका सबैजना विदामा रमाइलो गर्न गएछ्न । शेर्पिनी बुइनी त हिमाल चढ्नको साथ्-साथ माछा मार्नमा र पोडी खेल्नमा पनि सिपालु रैछिन । क्या रमाइलो भयो आज माछा मार्न जादा । भोली बिहानै काका हाट्मा माछा बेच्न जाने अरे नभए त भोली पनि माछा मार्न जानेथिए ।

अस्तिको छुर्पी त छोरालाई दिदा त यो के यो भन्यो र मैले यो याक हार्ड चीज क्यान्डी भन्दा त खन्छु जस्तो गरेर खाएन्, झन मलाई भयो सबै छुर्पी । ल ध्न्यबाद है शेर्पिनी बुइनी, फेरी फेरी नी सम्झनु होला ।

कस्तो माछा मार्न गएको त छिटै निन्द्रा आयो । ल है अब ओछ्यान तिर लाग्नु परो ।
 
Posted on 01-29-06 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chautarima sabai rahechhan ma lai chineu ki chinenau ? malai vot dina samaile gamle hur le
 
Posted on 01-29-06 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारी तिर नि कर्फु लाओ अस्तो च..............

त्यो पारी गाममा रमैलो ठाममा
कान्छि मट्याङट्याङ
घुम्तिमा पैरो च
कान्छि मट्याङट्याङ
नलाम्ने मया लाइसकेपचि
कानछि मट्याङट्याङ
झन मया गैरो च
कान्छि मट्याङट्याङ

 
Posted on 01-29-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ौतारीका सबै जना आज कता गएछ्न ? ल म पनी हिडे भरे आउला ।
 
Posted on 01-29-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दम्तरीहरु कता जाँदा रचन कुन्नी ! सारा सँसार चहार्दा चहार्दै थकै लाओ गाँठे ! यै चौताराका चिसा ढुँङगामा
एउछिन् सुत्न परो र थकै मार्न परो ! कोइ आ'र मेरा कानाँ सिरुको पातले काउकुति लाइदेर झस्क्यादिनी हुन कि ! :)

 
Posted on 01-29-06 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मुन्द्रे नि कता कता गर confession अर्ते हिन्चौ अनि थकाइ नलाए ले लाउच त। :)
साँच्चै हराए त है दम्तरिअरु? बोलाम्न परो सपैलाइ
 
Posted on 01-29-06 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नी त नी जिम्मालबा ! सपै मुन्छे तामसी कुरो मत्रै अर्नी, आफु कति पानि माथि छु भन्नी कुरो पनि त था'पाउन
पर्च नि ।मुइले बडि त बोलिन नि, बोलेँ र !:)
 
Posted on 01-29-06 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक अर्यौ नि तिम्ले। तिम्रो त्यो कुरो सुनेसि बुझो लागो नि नानाभाँती कराम्तै हिन्ने मुन्चेओ मुखाँ।

झट्ट कपाल कोरन सान्नानी
तिम्लाई नलिइ म जाँदै जान्न नी
सिन्कि अचार
भन फूलमाया के छ बिचार
 
Posted on 01-29-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेऽऽ
कस्की छोरी होउ नी नानी
चौतारीमा बसेको
धन्नै मैले सिन्दुर घसेको !

तिमी पनि रिऽऽऽसिङको
हामी पनि रिसिङको
लाइदिम माया एकै किसिमको

अङ्कुसेले ताऽऽऽनु कि
झटारो ले हानु कि
यो नानीको शिरै झल्केको

वारी पाखा न्याउली रुनी
पारी पाखा म रुनी
दोसाँधैमा भेटै नहुनी !
 
Posted on 01-29-06 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब थकै नि मोर्यो, घरतिर जान परो ।बात मारम् भने पनि कोइ नि आनन् के रे !
 
Posted on 01-29-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाइ सन्सरबार आइतबार लाको होला के रे नि । म नि तेइ भ र बेपत्ता भको के । ह्या त दम्तरिहरु चिसा ढुङा बस्दै रचन के रे । सानदाइले नि धागो अलि थपे जस्तै मानिचु के रे। अब अलि लामो भो जस्तो छ ।
 
Posted on 01-29-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'के उल्का अर्न लायौ हँ काका? चाइन्जो दुइ दुइटी केटी लेर माछा मार्न जाँदा के लाओ तेस्तो?? राम राम राम लौंगटी त ला चौ? ज्यानमा लाउन पर्ने लुआ टाउकाँ बाँधेर के रमिता अरेको होलान काका ले।'
-- ज्याद्रै हसाएउ जिम्माल माइलाले।
**
हैन यो मुन्द्रेले काँ के भनेओ रैच र हो? कता छ?
 
Posted on 01-29-06 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लीलाई लेर आज ब्यानै जो बेशीओ आइतबारे हाटाँ गएँ के रे। हिँज छोपेओ दुइ सेर जति माछा नि बेच्न परो, यस्सो नुनतेल नि किन्न परो भनेर।

हाटाँ पुग्दा बित्तिकै माछा जति मुन्छेहुरले हातहातै पारिहाले। त्याँसि नुनतेल किनेसी 'लौ त डल्ली, जाम अव गामतिर कामसाम सक्किहालो के रे' भनेको, के को मान्ति र तेल्ले! 'लौ हेर काका त, बल्ल त आइयो के को फर्किनि हो र यति छिटो, लौ आउनुस यता' भन्दै उल्टो बाटो पो हिनि। अब तेसै छोड्न भएन के रे उरन्ठेउली केटीलाई, लाएँ उसैका पछि जो।

ओहो गाँठे के दशा लाएर गइएच हाटाँ यो डल्ली सित। मोरे मान्दिनि के रे घर फर्किन। गोठाँ डिआँ भोकै छन्, आफू चैं यता आएर काम नपा झैं हाटाँ लंठिदै तेसैको पछि पछि ब्यानभरि जो घुम्नि गराइ। नक्कलीलाई फेरि जान पर्नि चैं तेस्तै नक्कल पार्नि कुरा बेच्न राखेका ठामा। टिको-सिको, धागो, ऐना के के हो किनि। दिक्कै जो लगाई मलाई त। आफू चैं ज्याद्रै जो दंग परेओ थि फेरि।

तर पछि चुरेटा काँ गएसि चैं अल्ली चोसो फालेओ थि। किन रैच र हो भनेओ त तेस्का हात मटेङ्ग्रा जत्रा साना के रे, उल्लाई ठीक हुनि त चुरै पाइनचे। अव क्यारम तो मैले? 'के अर्चिस् तो डल्ली, गारो नमान, म बटौली तिर जान लाओ छु अर्का मैना। तेइबेला तेरो नापओ चुरो लेइदिम्ला त नि' भनेर फकाएँ। त्याँसी बल्ल अलिअलि भुलि। हाट बजारलाई चारफेर जति ओहिरदोहोर अर्न परो आज तो सित लाएर, बल्ल बल्ल दिउँसो तिर आइपुगे घराँ।
 
Posted on 01-29-06 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चैं कैले। ज्याद्रै जो सिपालु छ आरनओ काम अर्न। बल्छीसल्छि थिच्नि अर्च कैले कैले। अइले चैं दराँती बनाम्दै छ।
.

 
Posted on 01-29-06 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर्खेतमा सालिन बुलबुले ताल
ज्यान तरुनो सालिन मन बुढो यो साल ।

हासम् खेलम् सालिन भन्चन नि सबैले
भैयो बुढो सालिन भन्दैन कसैले ।...कि कसो हो काका ? :)

मुलाइ बाउलुयेँ भन्चौ, तिमी काँ को बोली बोल्चौ र हो तो करौँती हँसियालाइ केइ नामै नपाझैँ अरी दरौँती भन्नी ?
तन्हुँ तिरको हो कि स्याँउजाको ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS advance parole Travel document i-131, Class of Admission ?
Tourist Visa - Seeking Suggestions and Guidance
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
Biden formally Stands Down!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters