[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 Dibya -----------

[Please view other pages to see the rest of the postings. Total posts: 57]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 20394 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 12-12-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dibya

 

"सुरेस, यार आज आउन नमिल्ने भो -- यहाँ कामका मान्छेहरुले हिजो पनि बेपत्ता भईस आज त यहीँ होटेलमा हुने ग्रुप डिनरमा बस्नै पर्छ भनेर हैरान ---" फोनमा उसलाई भन्दै थिएँ उस्ले "त्यस्तो कुरा नगर -- बोर नगर तँ -- झन तँ आउँछस भनेर कुरीरा -- जसरी भए पनि आईजभन्यो।

 

"हिंजो आईहालेँ नी -- धन्न आएको आएकै भएछ -- नत्र आउनै नपाउने हेर् -- बोर बोरै भो नी -- पनि अब भरे त्यैं आउने हो -- फेरी मासु-भात गोदने अरु गफ लडाउने भन्या -- के गर्ने अफिसको काममा आएको उनीहरुले भनेको नमान्ने कुरा पनि भएन --भोली फेरी फर्किनु परीहाल्यो-- अब अर्को चोटी आउँदा बस्छु नी फेरी -- बरु तिमीहरु आओ अब मेरो गाम तिर -- है?" मैले कुरा सक्दै भनें।

 

सुरेसले धेरै कर गर्यो--नरमाईलो मान्यो मलाई थाह थ्यो तर मैले आफ्नो ईच्छालाई बिबसताको नाममा उभ्याईरहेँ --मेरो गाम तिर उनीहरु दुबै जनालाई आउन लगातार निम्ता दिदैं उस्काँ अहिले आउन नमिल्ने बाध्यतालाई किच्न खोजें। उस्ले मन नलागि नलागि मेरो असमर्थतालाई उभिने मौका दियो। धन्य भएँ तर एक किसिमको अन्तरबोझले थिचिएँ पनि।

 

भोकले हैरान पार्दैथ्यो--सोचेँ अब भात खानै पर्यो -- देशी भोजनालय होला यता कतै पक्कै पनि यत्रो ठुलो शहरमा भन्दै कम्प्युटरमा खोज्न थालेँ। 

 

केही समय अघि मलाई दखिन तिरको एउटा राज्य जानु पर्या थ्यो कामको सिलसिलामा। पुरानो बिद्यालय देखिको एउटा साथि त्यतै घरजम गरेर बस्या थ्यो। बिद्यालय छोडे देखी भेट भएको थिएन संग भने हुन्छ। १२ पछि भारत तिर लाग्या थ्यो, चैं समुन्द्रपार। पुग्या बेलाँ भेट गर्दिम भनेर बुझ्या धुनधान खुसी भो।

 

खान बस्न हुटेल देकै कामले, तर भेटघाट गर्न पक्कै आउँछु भनेको मान्दै मानेन। "घर किन्या छु यार मैले यहाँ-- अब तँ काँ हुटेल हुँदी बस्नी? हुँदैन कि हुँदैन" भनेर जोड गर्यो। लौ त भन्दें।

 

हवाईजहाज उडान नम्बर अनि समय पनि भन्देँ। लिन आउने भो मलाई। उस्ले " अब यहीँ आएर कुरा गरम्ला" भन्यो।

 

अफिसबाट बिमानस्थल तिर जानै लाग्या थिएँ सुरेसको फोन आयो "बुझिस तँलाई लिन आउने भन्या है तर हैन देबदाई लिन आउँछन तँलाई एअरपोर्ट-- के लार आउनलाछस भन् ?"

मलाई असजिलो लाग्यो भनें "हैन को देबदाई? तँलाई आउन मिल्दैन भने आउँछु नी ट्याक्सीमा -- अरुलाई किन दु: दिने बेक्कारमा?"

 

"म आउन नमिल्ने हैन -- नै आउँछु भन्या हो बुझिनस -- तर एअरपोर्ट उता माथि उत्तरमा मेरो काम् चै यता दछिन तिर क्या अनि देबदाई त्यै एअरपोर्टैमा काम गर्ने भने नी हुन्छ दुई मिनेट लाग्छ -- हिँजो तँ आउने लिन जाने कुरा सुनाको थिएँ उनले मिले ल्याईदिम्ला भन्थे -- अहिले फोन गरे मिल्छ रे--"

 

"को देबदाई?" मैले नी चिन्छु कि भनेर सोधें।

 

"देबदाई भन्या मैले मेरो घरमा बेसमेन्टमा राख्या छु क्या -- भलादमी छन मान्छे -- त्यस्तो अप्ठ्यारो केही मान्नु पर्दैन तैले-- तँ भरे त्यै :५३ मा आईपुग्ने हैन ? " उस्ले भन्यो।  

 

मैले हो भने उस्ले चाहिएको जानकारी दिएँ।  

 

उडान भरी त्यै पुरानो स्कुल, साथिहरु, सुरेस मैले गरेका बदमासीहरु सबै सम्झिरहेँ -- सुरेसको घर बत्तिसपुतलीमा थियो -- धेरै चोटी गएको छु--तेस्को छिमेकीको साईकलको हावा फुस्कार भ्याल्टु स्याल्टु हुर्याईमात्रै के देको थेँ एक चोटी त्यो छिमेकीले  समातेर मलाई गर्दनाँ हात अर्कै ठाममा लात कस्या थ्यो। छिमेकीको छोरी राम्री बाउ दुस्ट भन्यो सुरेसेले -- अनि गर्नी के? हामी सँग दुस्ट्याईँ? भनेर मैले छिमेकीलाई पाठ सिकाईदिम भन्या आफ्नै जात्रा भै रा -- त्यो घटना सम्झेर हवाईजहाजमा एक्लै हाँस उठ्यो। केही समयको उडान पछि त्यो शहरको बिमानस्थलबाट बाहीर निस्किँदा अलमल गर्दै गर्या हाम्रा गामको जस्तो जो देखिने जो सुकै सँग पनि आँखा जुधाउँदै थें एउटाले छेउमै आएर नेपाली मै "तपाईँ दीप हो?" भनेर सोध्यो। बेस्मेन्टका दाई खाँट्टी पक्का रहेछन।

 

हो भनी सके पछि थपें "दाईलाई सित्तैमा दुख भो है -- मैले ट्याक्सीमा आउँला भन्या सुरेसले मानेन"

 

"हैन केई छैन -- यहिँ नजिकै काम गर्छु नी --दुई मिनेट पर-- " उनको आबाजमा कुनै झर्को थिएन।

 

"कति पर घर यहाँ बाट?" मैले सोधें।

 

"लाग्छ आधि घण्टा जति" उनले भनें।

 

हामी उनको मोटरमा बसेर बाटो लागिम। महाथोत्रो मोटर फेला पार्या रे छन ति दाईले काँबाट हो। हेलिकप्टर जस्तो नजिकै कराको सुनेर मैले यसो बाहिर हेर्या -- उनले "मफलर घाँटिमा बान्ने गर्या थ्यो हाम्ले , यता साईलेन्सरलाई मफलर भन्ने रेछन किन हो --हेरी त्यै मफलर भन्नेमा प्वाल पर्या भन्छ -- त्यै करा हो - के के भा जसरी कराउँछ कराउनलाई, तर पर्या चै त्यै दुई चारटा प्वाल रे- केई हुन्न -- फेर्या सय रे -- लागिराछ  भनेर फेर्या छैन। कुदने काम हो मोटरको कुदीराछ क्यारे।" उनले हाम्ले चढेकै हो गुडने हेलिकप्टर भन्ने बुझाए।

 

"अनि दाईको नाम चै के नी?" मैले सोधें।

 

"हुन दिब्यध्वज हो यता सबैले डेभ डेभ भन्छन -- सुरु सुरुमा सच्याउँथे अब मरुन भनेर छोडदिन्छु" उनले भनें।

 

उनको गाडी चलाउने शैली अलि डरलाग्दै थियो। छिन छिनमा लेन सर्थे-- बाटो खाली नै थ्यो पनि�

 
Posted on 12-14-07 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जी, कथा कस्तो ठाउँ मा टुङ्याउन सकेको, कौतुहलता बढाउनमा त तपाईं एकदम सिपालु। हा हा ! ल फेरी दिब्या माथि हजुरको दिब्य दृष्‍टि पहिले नै परि सकेको जस्तो अनुमान गर्दैछु म त है।

{म कफी पिउँदै कोठामा यता उता हेर्दै थिएँ सुरेसको बिहेको फोटो ठुलो पारेर राखेको रहेछ। नियालेर हेरेँ -- दुलही दिब्या नै हो।

 

फोटो अझै नियाल्दै थिएँ सुरेस ओर्लियो एक्लै।

 

"भाउजुको नाम चै के नी?" मैले सोधें।

 

"दिब्या -- " उस्ले भन्यो र भन्दै गयो "थाकेर होला एक छिन ढल्किन गा रे माथि--- आउँछे एक छिनमा--" }

ल ल दिप जि, लेख्दै गरम, आज त उता आमन्त्रन को बाँकी पढन नभ्याएको भाग नि सकाए, यता नि सकाए, धेरै दिन सम्म पढ्न न पाउंदा मन खल्लो भइराको थ्यो आज चाँहीं सबै सकाइेयो। Thanks for taking your time to share these all story with us, greatly appreiciated!

wow.nepal


 
Posted on 12-16-07 2:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

u r the best " deep"

wht a wonderful story..

 

Thanks

Sate


 
Posted on 12-16-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 सुरेस छिनमै आईपुग्यो -- अखिल स्टाईलमा हात मिलाईयो। आफ्नो उमेर बढ्या बिर्सेछु छिप्पेको देखें। ठाडो बढ्न पुगेरै होला तेर्सो बढ्न थालेछ।

यत्तिकैमा ट्रेमा कफि लिएर राम्री एक जना आईन हामि भए छेउ। उमेरको सिढीं मा सुरेस भन्दा अलि माथिल्लो खुडकिलोमा देखिने उनलाई देखेर मैले सोचें सुरेसले उमेरको अनुभवलाई बिशेष ग्राह्यता दिएछ क्यारे।


Nimothna paye bhanera teti sarai nanimothouna Deep jiyu



 
Posted on 12-16-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye Narayan jyu, yo ta Deep Ji le readers haru ko manoranjan ko laagi lekheko euta lekh po hota, aba tapaain pani kahana katha lai hakikat ma jodnu bhayeko ta. tyasto ta ali bhayana ni Narayan jyu..
Last edited: 16-Dec-07 03:12 PM

 
Posted on 12-16-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप प्रभो, नसक्किने भैयो बा, अनि ति दिब्यध्वज ले कताबाट फेला पारेछन् कुन्नि तेस्ता बाहन् चैं, हेलिकोप्टर् नै उडा जस्तो, अनि दिब्या किन गैछिन् नि अर्कै सगँ, कि थाहा पाइछिन् बानिबेहोरा? लौ प्रभो सुन्न हतार भो है यो ज्यान लाइ

 
Posted on 12-16-07 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo pani ramro  tara BANGE,TWAK ra SUPARI bina ta kasto kasto lagne hehehheheh
 
Posted on 12-16-07 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

exactly amazing, it was kinda something was missing without baange and twak, but another excellent piece of Deep Ji..


 
Posted on 12-16-07 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छा,
कथा नै हो थाहा छ। आफुले चोस्स छोएको पक्ष मात्र उजगर गरेको हो।

 
Posted on 12-16-07 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Narayangarh Ji, maile jiskeko matra ho hai, naramro namannu hola hai..
 
Posted on 12-16-07 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छा बच्चा भएर धेरै प्वाक्क प्वाक्क नबोल बा कसैको फेलामा पर्लाउ फेरी
Last edited: 16-Dec-07 09:17 PM

 
Posted on 12-16-07 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kalejo babu, phela parna parne garera kaslai ke nai gareko cha ra baa..


 
Posted on 12-16-07 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजोको बच्चो यो मुर्ती कच्चो के मुख लाग्दो हो
देखाउँ केहि कुरो त भने तुरुन्त भाग्दो हो
जुँगा का रेखि बेसेछन् मात्रै के सम्झिदो हो
ठुलाका कुरा बिचमै काट्न कन्छो किन तम्सिदो हो

 
Posted on 12-16-07 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलो सम्झिन्छ आफुलाई कालेजो कुन्नी कता बाट हो
मन को कुरा भन्न नसक्ने कस्तो त्यो मुटु हो

 


 
Posted on 12-16-07 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रा जस्ता अल्लारे उमेर काटी सकेँ कान्छा मैले
तिमी जस्ताको कुरोमा अल्झिने उमेर छैन मेरो अहिले
तेसैले कान्छा बच्चा सम्झेर भन्दिन म केहि अहिले
तर निउनै खोज्ने उदेश्य हो भने छोड्दिन म कहिले

 
Posted on 12-16-07 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kalejo, unfortunately, I am not a good poet like you 
 
Posted on 12-17-07 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


don't worry kancha, i know u r a kid, u gotta long way to go my boy, u will learn something new in every step

 
Posted on 12-17-07 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yeah kalejo, i love learning whatever it is, as i've learnt from you too, for eg, writing poems..
 
Posted on 12-17-07 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Good kancha, i am pleased to know that, after all u r my kancha bro.

 
Posted on 12-17-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Deep jyu kataa lagnu bho. mata hajurko kathaa sunna paleti kasera basiraako chu. lu jhattai katha bhanna suru garnus. ani mero bange lai ni liera aaunus.

 
Posted on 12-17-07 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

right kalejo, no issues betn two bros..
 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
Now Trump is a convicted criminal .
TPS Renewal Reregistration
TPS advance parole Travel document i-131, Class of Admission ?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Does the 180 day auto extension apply for TPS?
Shot Dead
Biden said he will issue new Employment visa for someone with college degree and job offers
" अनि ग्रिन कार्ड बन्यो त ?"
Driver license help ASAP sathiharu
Facts showing how US is worse than Russia
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
Nepali Passport Renew
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters