[VIEWED 36678
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-08-08 4:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"मन" हुनु त जगिया को जस्तो!
नाम जगिया, बर्ष ३२-३३ । श्याम बर्ण । नेपाली मुश्किल ले बोल्थ्यो। जगिया पहिलो ब्यक्ती थियो मैले आफु पोस्टिङ भएको कार्यालय को गेट मै भेटेको। रिक्साबाट् ओर्लिंदै थिएं, उ हतारिंदै मेरो ब्याग उठाउन आए, सलाम् साहेब भन्दै। पक्का चौकिदार् हुनु पर्छ, मेरो मनको ठ्म्याइ, सहि निस्कियो।
"नाम के हो?" "जगिया।"
"जगिया मात्र?" "हाँ, साहेब, जगिया।" उसले मेरो सामान बोक्दै अर्को इन्जिनियरको क्वाटरमा भित्र लगे। इन्जियर साहेब संग औपचारिक परिचय गरें। शायद इन्जिनियर साहेबले पहिले नै उसलाइ सूचना दिएको हुनु पर्छ र रिक्सा बाट ओर्लिने बित्तिकै थाहा पाइहाले। सरकारी जागिरको पहिलो पोस्टिङ तौलिहवा, जिल्ला कपिलवस्तु। इलाहाबाद पढ्दा धेरै चोटी भैरहवा बिश्राम् गरेको र त्यहि बाटो हुंदै नौतनवा, गोरखपुर् -इलाहाबाद गएकोले कपिलवस्तु पनि उस्तै होला भन्ने सोचेर गयेको थिएं। भैरहवा सम्म त पीच बाटो खासै समस्या परेन। तर त्यहाबाट ६६ किमी बाटो धुलाम्य, र नेपालको भूगोल जस्तो बाटो। ३ घण्टा पत्यार् लाग्दो यात्रा। तौलिहवा, पहिलो द्रिष्टि मै उराठ लाग्दो लाग्यो। हिन्दुस्तानको कुनै देहात जस्तो लाग्ने, चारै तर्फ मश्जिद मात्र। गौतम बुद्धको कर्मथलोमा बुद्ध धर्म को नामो निशान थिएन्। राजा सुद्धोधनको दरबार अबशेष र केही अशोक सतम्भ बाहेक बुद्ध धर्म को प्रतिनिधित्व गर्ने केही थिएन।
जगिया, हाम्रो अफिसको चौकिदार। श्रीमती र सानो बच्चा सहित गेट निरकै सानो कोठामा बस्थ्यो। बिहान कार्यालय खोल्ने, सफा गर्ने लगायत सबै उसैले गर्थ्यो। क्वाटर् र अफिस एउटै कम्पाउण्ड भित्र थियो। छुट्टा छुट्टै क्वार्टर, गेस्टहाउस्, अनि स्टोर रुम।
कुनै पनि बेला जगिया, हे जगिया भन्ने बित्तिकै जि साहेब भनेर उपस्थित हुन्थे। बजार जाने देखि अखबार लिन जाने आदि इत्यादि जे काम पनि तुरन्तै गर्थे। यसमानेमा हाकिम र अरु दर्जाका स्टाफ सबैमा जगिया प्रति राम्रो धराणा थियो। अफिस को एकापट्टी पोखरी, अर्को पट्टी जंगल र अर्को पट्टी खेत भएकोले सर्प, गोमन अनि करेटको त उर्बरभूमि नै थियो। काठमाडौंको घरघरमा आ।ुने सानो सर्प RAT SNAKE देखि त त्राहिमाम त्राहिमाम् हुने मान्छेलाई सर्प गोमनको वस्तिमा हुल्दिंदा सातो जानु स्वाभाबिक थियो। तर के गर्नु, जागिर खाए पछि डरलाई नि आफ्नो घर बनाउनु पर्दो रहेछ।
म त्यता हाजिर भएको लगत्तै अर्को इन्जिनियर साहेब सरुवा लिएर नवलपरासि जानु भयो, मानौं यो उदेक लागो भूमिबाट मुक्ति पर्खेर बसेको। हाकिम हुनुहुन्थ्यो, तानसेन घर भएका भलादमि। हरेक छुट्टीमा घर जानु हुन्थ्यो र कहिं जानु छ भने निमित्त हाकिम दिएर जानु हुन्थ्यो।
एक दिन हाकिम घर गाको बेला, साँझ ८ बजे तिर, जगिया, साहेब साहेब भन्दै आए, मेरो क्वार्टरमा। निकै आत्तिएको देखिन्थे।
मैले किन, किन आत्तिएको भनेर सोधें। अबधि भाषा मात्र बोल्ने तर नेपाली मिसाउदै बच्चा बिरामी भएको र होस् नै नभएको बताए। मलाई अबधि भाषा आउदैनथ्यो, हिन्दी मा भनें। " चलो अस्पताल् ले चलते है।" जिल्ल अस्पताल ३-४ मिनेट को पैदल दूरी मै थियो। जगियाले बच्चा बोके र हामी दुबै जना रफ्तारमा अस्पताल पुग्यौं। डाक्टर् यादबले प्रारम्भिक जाँच गर्नु भयो। झाडापखालाले डिहाइड्रेसन् भएको होला भन्दै सलाइन पानी दिने कुरा गरे र दिए पनि। डाक्टर संग बिस्तारमा कुरा गरें। यता तिर झाडापखाला नर्मल रे।
एउटा सलाइन पानी चढाइ सक्दा नि बच्चाको स्थितिमा सुधार भएन। जगिया, त्यसै त आत्तिसकेको, बच्चा निलो हुंदै गए पछि झन आत्तिए। रुन थाले, जगिया। डाक्टर यादब पुन: आए र तत्काल बुट्वल वा भैरहवा लैजाने सल्लाह् दिए। रातको साढे ११ बजिसकेको थियो। एम्बुलेन्सको ब्यबस्था त्यो पनि रातको समयमा लगभग असंभव थियो नै।
अफिसको गाडी थियो तर ड्राइभर साहेब भने साँझ ८ बज्यो कि १ पाउच श्री मा झमझमाइ सकेको हुने। मलाई ड्राइभिङ आउदैनथ्यो। "जगिया, गाडी चलाना आता है?" "हाँ साहेब।" "लाइसनवा नही साहेब।" लाइसेन्स् साइसेन्सको बात छैन, साँचो मेरो क्वार्टरको ढोकै मा छ, गाडी लिएर आउ , म बच्चा लाई हेर बिचार गरेर बस्छु भने। उ एकै छिन मै गाडि लिएर आइहाले साथमा लज्जो अर्थात उनकी श्रीमती पनि, साडिले टाउको छोप्दै।
जगिया ले गाडी हाँके, खाल्डाखुल्डी छिचोल्दै निमेषमै भैरहवा पुर्याए। अस्पतालमा बाल रोग बिशेषज्ञ पनि रहेछ। डाक्टर् कर्माचार्य, काठमाडौ घर भएको नेवार। मैले नेवारी मै डाक्टर साहेब संग कुरा गरें। केही आत्तिनु पर्दैन, समय मै हस्पिटल ल्याउनु भयो, भन्नु भयो। त्यहि कुरा जगिया लाइ भने। तर पनि उनको अनुहारमा चिन्ताका रेखाहरु ज्यूंकात्यूँ नै थियो। "बच्चालाइ केही हुदैन भोलि बिहान सम्म मा ठिक हुन्छ।" डाक्टर् साहेब ले अबधि मै भन्नु भयो।
सायद त्यो अघिको सलाइन पानी मै मिसावट थियो। डिहाइड्रेसन नै भएको रहेछ। सलाइन पानी फेरि दिइयो। बच्चा स्वास्थमा क्रमिक सुधार हुंदै आयो। रातको ३ बजे डाक्टर साहेबले उनकै को क्वार्टरमा एक निद सुत्न अनुमति दिनु भयो र भोको पेटमा अलिकति अन्न। म धन्न भए।
क्रमश:
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 07-09-08 3:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा सुरुवात बाटै मार्मिक होला झै छ। सर्प को चाइ मलाई पनि डर लाग्छ।
कथा अघि बढोस् न अरु।
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 07-09-08 5:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सर्पको कुरा पढ्दा त उहिले एक पल्ट जुत्ता लगाउदा सक सक भएर खोलेर हेरेको त सर्पको बच्चा लुकेको --
sachai bhaeko kura ho rithe ? ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-09-08 8:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साच्चै भएको हो नि ! धन्न लक्की सर्प रइछ मरेन भनन
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 07-09-08 9:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ctal
Please log in to subscribe to ctal's postings.
Posted on 07-09-08 9:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
rahul dai le 'manav sambedanshilata' lai pokhnu bhayeko chha day to day life ma ghatna sakne ra ghateko (factual) ghatana ko barnan ati samannya shabda ma gardai. kina kina ati mitho lagyo yo katha, aafnai jasto lagyo malai.... bastabikata mitho hunchha bhanchhan... there are so many nice, helpful and dutiful people in this world - Jagiya jastai, Rahul dai jastai, Dr. Karmacharya jastai....
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-09-08 9:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होइन क्या रे प्रेरणा त्यो सर्प देखेर रिट्ठेले जुत्तै नलगाइ खाली खुट्टा दौडेको त माइला दाई ले देख्नु भएको थ्यो रे
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 07-09-08 10:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
tyasto sarpa sita ta malai pani dar lagdaina........ plastic ko sarpa sanga pani ke darai bhayo ra?????????
malai ta kehi sanga pani dar lagdaina.........plastic ko kura harusanga
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 07-09-08 10:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-09-08 11:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त ठुल्दाइले सुचना बिना नै अर्को भाग टाश्नु भछ कि क्या हो भनी हेर्न आको, साप कान्ड पो हुँदै रछ यहाँ त ।
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 07-10-08 8:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्पष्ट आकार नै नली त यस्तो छ, आकार लिएपछि कस्तो हुने होला??
जगियाको छोरा बाँचोस् है दाइ भन्द्या छ, संझना दिदीजस्तो कथा नहोस् यो!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-10-08 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे जी, जगिया को कथा भनौं वा मदनवा को कथा तराइ को कथा लेख्ने जमर्को गरेको छु, तपाईं को जस्तो गहिरो ज्ञान छैन, २-४ महिना जागिर खाँदा को द्रिश्य कैद गर्न खोजेको छु।
दीपिका जी,
तराइ को परिबेश् को कुरा गर्दा सर्प, गोमन कहाँ छुट्छ र? हो भन्या, काठमाडौको पुरानो घर मा आउने सिक: फ्याँचा ( rat snake) देखी त २० फीट पर भाग्ने मान्छे साक्षात गोमन सर्प बाटो वरि परि जता ततै भने। सर्प छ कि छैन भनेर सोच्नु भन्दा बढी दिमाग मा केही न आउने।
रबी जी, कथा रोचक बनाउने कोशीश भने गर्ने छु।
चिप्ले जी, भैरहवाबाट तौलिहवा ठीक ६६ किमी छ। भैरहवाबाट लुम्बिनी सम्म २७ किमी पक्की बाटो त्यसपछी चाँही माटो मात्र थियो, २०५३-५४ साल को कथा हो यो। अहिले पिच भयो रे भन्ने सुन्छु।
रिट्ठे जी, कथा ट्राजिक भने पटक्कै छैन, तर सामान्य पनि छैन। जुत्तामा सर्प लुकेको घट्ना मैले त्यही सुनेको थिए, रिट्ठे को परे छ। जुत्ता लगाउन अघी ३ पटक चेक् गर्ने गर्थें।
कुम्ले जी, सहि कुरा। बुटवल बाट नि जाने बाटो छ, गोरुसिङ्गे हुंदै। तर साझा बस भैरहवा -लुम्बिनी हुंदै सिधै तौलिहवा जान्छ। बुटवल गोरुसिङ्गे (४ न ) को बाटो ७६ कि मि जती छ। बर्षा याम बाहेक अरु बेला त्यो बाटो नै तुलनात्मक रुपमा राम्रो मानिन्छ।
क्रेजी जी, जगिया को मन आजै देखिनु हुन्छ। हिजो नै राख्ने बिचार मा थिए। अलिकती भ्याइन। आज बाँकी भाग राख्ने छु। अनी भन्नुस् है, जगिया को मन कस्तो थियो भनेर।
नेप्चे जी, सर्प संग डराएरै यो कथा लेख्न ढिलो भाको। कपिलवस्तु सम्झ्यो कि सर्प याद आउने। तारेमाम को ठाउमा त्राहिमाम हुने।
शितल जी, देखेको र भोगेको जीवन ब्यथा बाहेक मलाई अरु लेख्न आउँदैन। त्यसैले धेरैलाई भनेको पनि छु, म कथाकार होइन, मात्र ब्यथाकार हुं।
चेली जी,
जगिया को छोरो लाई मात्र डिहाइड्रेसन भाको हो, ठीक भैसक्यो। भरे सम्ममा घर लैजान्छौ हामी।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-10-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'मानवता'हुनु त ठुल्दाइ को जस्तो! त्यहा अर्को कुनै हाकिम भा भए,जगिया लाई झापारेर पठाउथ्यो होला, ठुलदाइ को मन पनि निक्कै ठुलो छ्,धेरै लाई सहयोग गर्नु भाको राइछ। राम्रो सुरुवात छ् तर अली थोरै भयो खुराक। अनी के भयो,भोली पल्ट काम मा झुप झुप हो ठुल्दाइ? ल छिट्टै पस्किनु पर्यो अर्को भाग।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-10-08 4:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"मन" हुनु त जगियाको जस्तो!
भाग २
जगिया रात भर बिरामी बच्चाको छेउमै अनिदो रहे। मैले अरु पनि धेरै बच्चा का बाउ हरु देखेको छु, तर जगियामा जति वात्सल्यता थोरैमा देखें। यति चाह, यति हेरचाह गर्ने अभिभावक थोरै भेटें। "गरिब को धन पो हुंदैन, मन त धन हुनेको भन्दा बढि हुने हुन्छ।" मनले आफ्नो गरिबीको दिन संझदै धाडस् दियो। बिहान भो। डाक्टर साहेबकी अर्धाङ्गिनिले चिया नास्ताको ब्यबस्था गरिदिनु भयो र धन्यबाद सहित अस्पताल् गएं। जगिया टोलाइ रहेको थियो। मानौं अझै शंकट दूर् क्षितिजमा मडारिरहेको स्पष्ट देखिरहेछ उ।
"केही खायौ?"
"नहीं साहेब, भूख नहिं है" "बच्चा लाइ ठिक भैसक्यो, कुनै चिन्ता लिनु पर्दैन, अहिले डाक्टर साहेब आउनु हुन्छ, अनि डिस्चार्ज गरि दिन्छ। १० बजे अघि अफिस् पुग्नु पर्छ, गाडी चलाउनु पर्छ, केही नखाई हुन्छ। जाउ, लज्जोलाई पनि लिएर खाएर आउ, हिजो देखि भोकै छिन्, त्यसरी अर्काको छोरी लाई भोकै राख्नु हुन्छ?" मैले अलि हाकिम पारा निकालें।
"ओहो तो है साहेब" भन्दै कान कन्याउन थाले। पैसा न भएको स्पष्ट भाव बुझें। "तिमी संग पैसा छैन होला, लौ यो १०० रुपैया, टन्न खाएर आउ । म बिरामी कुरेर बस्छु।"
जगिया र लज्जो खान खान भनी हिंडे। बच्चाको स्वास्थ एकदम् ठीक भैसकेको थियो। मस्त निद्रामा थियो। डाक्टर कर्माचार्य आउनु भयो। एक छिन भलाकुसारी चल्यो। साह्रै भलादमी डाक्टर। क्रितज्ञ भएं।
जगियाले गाडी चलायो। बच्चा लाज्जोले बोकिन्।
"बिस्तारै गाडी चलाउ, हतार नगर।" हस साहेब भन्दै खाल्डाखुल्डि छल्दै अफिस पुर्याए।
"बच्चालाई फोहर पानी, फोहर झिङ्गा भन्केको भाँडाबाट् खान दिएकोले झाडा पखाला लागेको हो। सफा पानी पिलाउनु पर्ने झन पानी नै नखुवाएकोले यस्तो भएको हो। अब देखि सफा भाडाको पानी र खानेकुरा खुवाउने। हात राम्रो संग धोएर मात्र खाने कुरा छुने।" खानेपानीको इन्जिनियर न ठहरें। दिइ हालें आफ्नो बिषयमा प्रवचन।
त्यो दिन जगिया एक छिन पनि बच्चालाई नछोडिकन बस्यो। १ बर्ष चानचुनको छोरो थियो। जगिया भन्दा पनि कालो देखिने तर हिस्सी परेको। त्यो दिन देखि जगियाले बच्चाको स्यहार् सुसार यति जतनका साथ गर्यो कि देख्ने हेर्ने जम्मै छक्क पर्थे। फुर्सद पायो कि बच्चा संग खेलिरहेको देखिने। त्यस दिन देखि उसले श्री पाउच खान छोड्यो। नत्र २-३ दिन बिराएर हल्लिएर आउथें। कहिले काहिं " साहेब १० का नोट्, उधार दिजिए, भन्दै आउथ्यो, श्री पाउच किन्न। र अफिस् फर्कदै गर्दा अब देखि त्यो पैसा किशनको नाममा जम्मा गर्छु भन्ने कसम खाए। बच्चा को नाम किशन राखेको रहेछ।
केही दिन पछि हाकिम साहेब फर्किनु भयो, निमित्तबाट् सहायक जिल्ला इन्जियरमा झरें। हाकिमको नि परिवार उतै तानसेन( पाल्पा) भएकोले क्वाटर अलग अलग भए पनि एकै ठाममा खाना खाने गर्थ्यौं। खान खाई एक छिन टेलिभिजन हेरी बडेमानको टर्चलाइट बालेर आफ्नो कोठा जाने गर्थें। बिजुली भए पनि सर्पहरुको साम्राज्य भएको ठाउं भएकोले टर्च न बाली राति हिड्नु भनेको काल निम्त्याउनु नै थियो।
जगिया को हुन् कस्तो हुन् भन्ने खुल्दुली मनमा लागि रहेको थियो। हाकिम साहेब संग एक दिन खाना खाने बेलामा सोधें। हाकिम साहेब, तानसेनका शाक्य, बौद्धमार्गी हुनुहुन्थ्यो।
जब जगियाको कथा हाकिमको मुखबाट सुनें, मेरो अन्तरात्मा अनायसै चिच्यायो-"मन हुनु त जगियाको जस्तो।"
जगिया, कपिलवस्तुकै गजडी गाबिसका बासिन्दा। साह्रै बदमास्, खेतीपाती केही पनि काम नगर्ने भएकोले जगियाको बाउ हरियाले घर निकाला गरिदिएको रहेछ। घरबाट निकालिए पछि सदरमुकाम तौलिहवा उनको अखडा बन्यो। बाच्नको लागि सानोतिनो अपराध गर्न थाले। चोरी, लूटपाटको पर्याय हुन गयो जगिया, थोरै समयमै। कसैको केही हरायो, कोही लुटियो भने सिधै जगियालाई पक्राउ गर्ने गर्थ्यो स्थानिय पुलिस। जगियाले नगरेको भए नि उसलाई पक्रे पछि असली बदमास् पत्ता लगाइ हाल्थ्यो।
सदरमुकाम भए पनि वाक्लो वस्ती भएको शहर थिएन तौलिहवा। सरकारी कार्यालयहरु र अस्पतालहरु भएकोले मात्र अलिकति गुल्जार जस्तो लाग्थ्यो। नजिकै पुरातात्विक महत्वको राजा सुद्धोधनको दरबारको अबशेष भएको ठाउँ र बुद्धको जीवनीसंग सरोकार राख्ने अनिगिन्ति स्मारकहरु भए पनि उपेक्षित जिल्ला हो अपिलवस्तु अनि तौलिहवा।
जगियाले हाम्रो कार्यालयको पाइप र फिटिङ्ग्सहरु चोर्न सुरु गर्न थालेछ। हाकिम लाइ सधै टेन्सन्, कहिले के हराउने कहिले के? पुलिसलाई खबर गरिन्थ्यो, जगिया समातिन्थ्यो। इमान्दारपूर्बक चोरी स्विकार्थे र कहाँ कतिमा बेचेको समेत भन्थे। धेरै चोटी यस्तो भए पछि डि इ शाक्य सरले बुद्धकालिन अङ्गुलीमारको कथाको सार अनुसार जुक्ती निकाल्नु भयो । जगियालाई नै चौकिदार बनाए पछि टन्टाइ साफ। पैसाको लागि नै चोरी गर्ने हो त्यसले, फेरि चौकिदारको पद पनि खालि थियो। आफ्नो गाउंठाउँको मान्छेलाई भर्ति गर्नु भन्दा त यसलाई गरे राम्रो होला भन्थानेर डि इ साहेबले बोलाएर जागिर खान्छस् जगिया भनेर सोध्नु भएछ। जगियालाई के चाहियो? के खोज्छस कानो? आँखो। भने जस्तै भयो। जगियाको रगतमा अपराध थिएन। मनमा छल थिएन। संगतले बहकिएको र बाध्यताले चोरी चकारी गर्न थालेको गरिब थियो, हाकिमसाहेबले बुझेको कुरा।
एक त चोरी को झंझट नहुने अर्को, भैहाले चोर् र चोरबजार बारे जगिया जति जानकार कोइ नहुने, त्यसैले पनि जागिर दिने बिचार गर्नु भएको रहेछ।
जगियालाई चौकिदार नियुक्त गरे दिन देखि पाइप हराउन बन्द भयो। तै पनि पुलिस् टाइम टाइममा आउने गर्थ्यो। फलानोठाउँमा चोरी भयो, कसले गरेको , कहाँ लुकेको भनेर जानकारी माग्न। यसमानेमा उ पुलिसको समेत सहयोगी भएछ।
आफ्नो गाउँ ठाउँको एक मात्र सरकारी नोकरी गर्ने लायकको छोरो भएछ, गाउँमा अब जगिया नायक भएछ।
बेटा हो तो जगिया जैसा- गाउँ मा हरिया नाकको फुलेको फुल्यै रे।
२-३ दिन बिराएर श्री पाउच लडाएर लड्खराएर् हिड्ने जगियाको बानी चाहि बच्चा बिरामी नहुन्जेल रहिरह्यो। एक दिन यसरी नै सिङ्गो सडक आफ्नो बनाएर हिड्दै गर्दा बस पार्क को प्रतिक्षालयमा ओतलिएर बसेकी २०-२१ बर्षकी लरकी देखेछ, जगियाले। दारुको सूरमा जिस्काउन, फकाउन जगियाको अनियन्त्रित पाइला अघि बढेछ। लज्जो रोइरहेकी थीइ। रोइरहेको देखेर जगियाको ह्रिदय परिवर्तन भएछ र हप्काएछ । "इतनी रात मे कन्नो बस ना मिलेगा, घर जाओ।"
यति भन्दै जगिया, बाटोमा भेटे जति टिन, बट्टा लाई फूटबल संझदै गोल हान्दै अफिसको बाटो लागेछ। पर पुगी फेरि एकपटक फर्केर हेर्दा अझै त्यो केटी त्यतै देखेर जगियाको पाइला बस पार्क तिरै अघि बढेछ।
क्रमश:
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 07-10-08 4:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
rahuldai yo part sarai ramailo rahecha .
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 07-10-08 4:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जगियाको छोरो जगिया भन्दा नि कालो भनेपछि म जस्तै रहेछ बिचरा किशन! हे हे हे!!
राहुलदाई रमाइलो लाग्यो यो भाग! जगियाको लउ पर्ला जस्तो भयो अब फिल्मी इस्टाइलमा!
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 07-10-08 4:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथाले सार्है घत लाग्दो मोड लिन थालेछ। लौ ठुल्दाइ, अघि बढोस् अझै।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-10-08 4:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो रमाइलो छ ल, यो भाग थप्दै जाउँ ठुल्दाइ हामी पढ्दै जान्छौ - रम्दै जान्छौ
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 07-10-08 5:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथाले सार्है घत लाग्दो मोड लिन थालेछ।
थप्दै जाउँ ठुल्दाइ हामी पढ्दै जान्छौ - रम्दै जान्छौ
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 07-10-08 5:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Last edited: 10-Jul-08 05:04 PM
|
|
|
ctal
Please log in to subscribe to ctal's postings.
Posted on 07-10-08 5:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
there you go.....starts the love story.... Jagiya weds Lajjo.... Kishan arrives... sweet very sweet story.
|
|