gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 157144 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-22-07 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

मेरो पनि गुड मर्निङ् सप्पैलाई! (हाम्रोमा त आफ्टर्नून भैसको) ;)

ठूली, तिम्रो विकेन्ड कस्तो भयो?

यो डम्मरेलाइ त मैले नि चिने जस्तो लाग्यो. :P
 
Posted on 01-22-07 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते

:D:D ओ माई गड के के गरीसकेछन् गाम्ले ले त, फुर्सद् मिलार् आउनु पर्ला सप्पै पढ्न। डम्मर चाहीँ नयाँ हो कि पुरानै फेरि?
 
Posted on 01-22-07 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रु के छ? सान्नानु, पून्तु दाइ सबै लाइ के च?
 
Posted on 01-22-07 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !!

लौ न के सुन्नु पर्यो ?!! उहिले को जमाना हो र? २ कलासमा पढ्दा पढ्दै ब्या गर्दिने ?
फेरि तिरु अरु भन्दा अलि बाठि नि छे । भर्खर त २ कलास मा पढ्दै छे । १० कलास त जसरि भ'नि पास गरौनै पर्च भुनेर फुपुले भन्नु भा'छ ।के जाति त्यो उइले सानैमा भाडाकुटि खेल्यो भन्दैमा जो पायो तेइ साइध्वा ले अइले आ'र 'आमा मलै तेइ केटि चाहिन्छ 'भुन्ने गिद गा'स्तरि तिरु मेरै हो भन्ने ? फेरि मुख भरि घाँस-पात पालेको मुन्छे त झन हुदै हुदैन तिरुलै बरु 'सार्क' नै राम्रो लाग्छ रे:P । फुपुले पनि भन्दै हुनन्त्यो के रे ' हुन्न हुन्न अइले त मरिगए हुन्न' -- देवरजीले (भउते) आफ्नो कुरो अर्न आ'का मुन्छे देखेर(जुरेलीलै संझेर ) अड्डि कसेको रे बुइनीको ब्या नअर्दा सम्म त मरेनि ब्या अर्दिन भुनेर।अनि गाम भरि तितौरिको कुरो पुग्या रे'छ । त्यो के जाती सानाँ हुदा भाडा कुटि खेलेओ मुन्छे ढुकेर बस्या रे'छ के रे अब ..खास त बिहेको कुरो दाजु चैकै हो ।
अब डम्बर बादुर ले यसपाली बिहे नगरि नछोड्ने भे'सि हाम्रा गाम मा ब्या अर्ने पाली कस्को भुनेर था'भओ होला के रे :D
 
Posted on 01-22-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-22-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाउलेहरु !!

आज ता ब्यानैट होहल्ला सुरु भच चौतारीमा । यस्तो जाडोमा पनि कसरी बिहान बिहानै निस्कन सकेका । आफुलाइ भने यो चिसोमा कक्रक्क हुदै काममा दलिन पर्या छ ।

हैन यो बेलाँ नि काँटी सानै मा बिहे अर्नी कुरो अर्चन् केटाटी हरु । मिसचैले ठिक अर्नुभो । बेला-बेलाँ गाम्लेलाइ काउन्सिलिङ् चाहिरनि र च । काँट हुन्तो तिरु नानिको बिहे अर्नलाइ । हुँदैन हुँदैन अहिल्यै अर्न हुदैन । यो दाइ टोपल्या भउते पनि कस्ता भन्दा आफ्नु ब्या नभा झोकमा त्यो सानी बुइनिको बिहे अर्दिने रे? ए असत्तीमोरा सउचौ भने आफै अरन । तिम्लाइ यौटा पुन्टीलाइ फकाएर उन्की साली ल्याउन नसक्नेले कसरी बइनीको ब्या अरेर पठाउनि सपना देख्यौहे हल्लिएर खान पल्क्या स्वाठ । सउचउ भने आफै अरेर देखौ क्या रे ।
यो दुम्बेर बाहादुर भन्ने पनि काँटी आच? ए बाउ राम्रो मुखने सम्झाउदा मान्छौ भने मान नत्र फेरि तेहि होनि । पछि फेरि दाया बाया कुरा नगर । खुरुक्क आफ्नो बाटो लाग ।
(तितौरी अब त मख्ख होली नि :) :)
 
Posted on 01-22-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्थानी खै, कतिखेर हो, कुर्या कुरेई भैयो!! :)
 
Posted on 01-22-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हरी खबर ?
म पनि स्वस्थानी नशाले गर्दा आको खोइ को पनि आम्दैन ?
 
Posted on 01-22-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बर्बाद,प्रचन्डजिले अब यहाँ पनि के गर्ने हो?हुदाँ हुदाँ,अब त स्वस्थानि सुन्ने रे प्रचन्डले।।तर राम्रै हो,बुद्दि फर्केको,स्वस्थानि माताले सद्द्बुद्दि प्रदान् गरुन।

सबै साझाबासिलाइ शुद्ध नमसकार है।
 
Posted on 01-22-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक ठाकै छ, चण्डे। नाम सुन्दै कुरो गर्न डर लाग्छ, कै के कुरो गर्ने :D:D:D:D
 
Posted on 01-22-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी स्वस्थानी व्रतकथा - १९
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमूनि! यता चौतारी गाउँमा मंसीरका महिनाले तितौरी पनि १४ पुगेर १५ लागिन्। वरिपरिका संगीहरुको बिहा हुन थालेकाले तितौरीका अभिभावक बनेका भउते र पुन्टेलाई पीर लाग्न थाल्यो। हुन त जुरेलीका कुराले यी दुईजनाको बिचमा ठुलो शत्रुता बढेको थियो। कस्तो शत्रुता भने भीरको बाटोमा भेट हुँदा छेउतिर पर्नेले कुनातिर अँचेट्ने, कुनातिर पर्नेले छेउतिर धकेल्ने गरी माघे सक्रान्तिमा जुध्ने साँढे झैं सिंगौरी खेल्थे। एउटाले १५ रुपिया जाने टोपी लगाए अर्कोले २० रुपियाको किन्न जान्थे। तर जुरेली स्वयंले दुवैजनालाई ल्वाप्पा खुवाइदिएर गौशालामा जागीर खान गएदेखि भने शान्तिवार्ता गरेर अन्तरिम विधानको मस्यौदा मार्फत मिलेजस्तो गर्न लागेका थिए।

त्यस्तैमा एकदिना जिम्माल बुढा आई भन्न लागे "हे भउते, हे पुन्टे! यो तितौरीको पनि बिहे गर्ने बेला भएको छ। शहरा'ट रिकुटे भन्ने केटो बिहे गर्नको लागि आएको भन्ने सुनेको छु। यसो यी दुई जनाको कुरा मिलाइदिए कसो होला?" घरभित्रबाट सबै सुनेर बसिरहेकी तितौरीले बीचैमा बोल्न लागिन् "हे जिम्मालबा! तपाईं आफैं साठी पुग्न लाग्नु भयो, आफ्नै बिहे गर्न नसक्नेले हाम्रो बिहेको कुरा किन गर्नुहुन्छ?" यस्तो सुनी जिम्मालले पनि सम्झाउन लागे "हे तितु, तिमीलाई काखमा राखेर सिंगान पुछिदिएको हिजो जस्तो लाग्छ। अब डोलीमा राखेर आँसु पुछिदिने बेला भएछ। के गर्नु उमेर भनेको बगेको खोला जस्तै रहेछ। मैले पनि उमेर छँदा बिहेलाई पछि सार्दा अहिले लाला र बाला खेलाउने बेलामा भट्टराईको चाला भयो। त्यसैले योग्य पुरुष पाएको खन्डमा अहिले नै बिहे गरी कामकुरो सकिगए राम्रो।" गामका बुढा-खाडा जिम्मालको यस्तो कुरा भउते र पुन्टेले काट्न नसकी अर्को दिन केटा हेर्ने सहमति गराई बिदा भए।

भोलि पल्ट बिहानै भउतेको घरमा रिकुटेलाई लिएर जिम्मालबुढा आए। उता तितौरीलाई हेर्न शहरबाट केटो आएको छ भनेर उनका संगीनीहरु ठुली र सान्नानी भित्र कोठामा तितौरीलाई कोरी-बाटी गराई सिंगार्न लागे। तितौरीले पनि चिया ल्याएर जिम्माल बुढा, रिकुटे, पुन्टे र भउतेलाई राखिदिइन्। सबै चुपचाप देखेर जिम्माल बुढाले शान्तिभङ्ग (आइस-ब्रेकिङ्) गर्दै भन्न लागे, "तितु, चियाको रङ् त राम्रो छ। कुन चिया पकायौ?" तितौरीलाई उत्तर के दिऊँ भयो र भनिन् "खयरछाप"। अहिलेसम्म नसुनेको चियाको नाम सुनेर जिम्मालले पून:प्रश्न गर्न लागे "खयर छाप? पहिलो चोटि सुन्दैछु त त्यस्तो नाम। कस्तो चिया हो?" बुढाको प्रश्न भूईंमा झर्न नपाउँदै तितौरीले बत्तीस दन्त देखाउँदै भन्न लागिन् "हिजो हाम्रो घरमा चिया सक्कियो। यसो हेरेको, भउतेदाले ठेकी बनाउँदाको खयरको धुलो थियो। त्यही हालेर काम चलाएँ।" यस्तो सुनेर बुढालाई त्यो चिया खाऊँ त भने दिनभरिको शिकार नखाऊँ भने कान्छा बाउको अनुहार भयो। तैपनि, तितौरीको बिहेको सबाल देखेर चिया सुरुप्प पार्न लागे। उता रिकुटे चियाको पहिलो सुर्को लिने बित्तिकै जिब्रो फड्कार्न थालेको थियो र कुटनैतिक तवरले भन्न लाग्यो "तपाईंको यतातिर चियामा नून हालेर खाने चलन रहेछ। मलाई पनि नूनिलो चिया मन पर्छ।" यस्तो सुनेर तितौरी १२ हातको जिब्रो निकाल्दै :p गर्न लागिन्। भउतेले पनि थपिदिए "हाम्री बहिनीको बिशेष चिया भनेकै नून हालेको चिया हो। उनले घरमा कसैलाई पनि गुलियो चिया खान दिन्नन्।" यता बिर्खे बुढाले फेरि चियाकै बारेमा प्रतिकृया जनाए "अनि तिमेरुकोमा भैंसीले दूध दिंदैन केरे, पाउडर हाल्यौ कि के हालेका हौ? चियामा अलि थेग्ला भ'को मानिचु।" यस्तो सुनेर तितौरीले भित्रैबाट कराउन लागिन् "यो भउतेदा पनि! पाउडर दूध र पिठो सँगसँगै राखिदिनु भएछ। मैले त चियामा पाउडर भनेर भैंसीलाई दिन राखेको पिठो हालिदिइछु।"

कुरा मोड्नलाई भउतेले रिकुटेलाई हेर्दै सोध्न लागे "बाबुको कत्तिको रुमाल बोक्ने चलन छ?" यस्तो अप्रत्यासित प्रश्न सुनेर रिकुटे पनि "किन होला हजुर?" भनेर प्रतिप्रश्न गर्न लागे। भउते पनि कुरा प्रस्ट्याउँदै भन्न थाले "हेर्नुस् न! यो अलि सिंगान निकाल्छे। फेरि अरुको कपडाले सिंगान पुछिदिने बानी छ। त्यही भ'र यल्ले सिँ-सिँ गरे सिंगान निकाल्ने बित्तिकै रुमाल नदेखाए हाम्रा सर्टको बाहुलाले पुछिदिन्छे"

रिकुटे हडबडाएको देखेर यतिञ्जेल भावुक स्वभावमा शान्त रहेका पुन्टेले सोध्न लागे "बाबुको कपालमा 'जेली' लाउने बानी छ कि छैन?" फेरि अर्को नसोचेको प्रश्न सुनेर रिकुटे अवाक (के भनुँ के भनुँ) हुन लाग्यो। कारण प्रष्ट्याउँदै पुन्टेले दैलोमाथि टाँसेको लामो जुल्फी पालेको आफ्नो श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइट) फोटो देखाउँदै " हेर्नुस् त दश वर्ष अगाडि मेरो कपालको रौं आँखीभौंसम्मै थे। हाम्री तितेको (तितौरीको) रिस उठ्ने बित्तिकै मान्छेको कपाल तान्ने बानी छ। यसैले तानी तानी अहिले यस्तो अवस्था छ। कपाल तान्दा पनि नझर्ने र झरे पनि अर्को रौं पलाउने गर्ने 'जेल' भन्ने जिनिस् पाइन्छ रे शहराँ। आफू त कहिल्यै यो ठाम छोडेर जान पा' छैन, जेल लाउने कुरा पनि त्यस्तै भो। " भन्दै रिकुटेलाई तालु देखाउन लागे। रिकुटे भने तालुतिर हेर्दै आफ्नो कपाल सम्याउन लाग्यो। एकछिन पछि "मेरो साथी तल्लो घरमा छ। त्यसलाई लिएर दुई मिनेटमा आउँछु।" भनेर गल्लीमा निस्केर ओरालो लाग्यो।

दुई मिनेटमा आउँछु भनेको मान्छे दुई बीस मिनेट हुँदा पनि नआएको देखेर यता हलचल हुन थाल्यो र चिन्ताले पुन्टे पनि आँगनमा घरि यता घरि उता गर्न थाले। गल्लीमा घाँसको भारी बोक्दै उकालो चढ्दै गरेकी बाटुली भाउजूलाई देखेर पुन्टेले सोध्न लागे "ए बाटुली! एउटा सुकिलो लाएको केटालाई बाटामा भेटिनस्?" पुन्टेतिर हेर्दै नहेरी बाटुलीले भन्न लागिन् "शहरिया जस्तो देखिने, सिनित्त कपाल मिलाएको केटो भेट्या थिएँ। गैरीको पसलबाट पोखरा जाने बस कति बाजे छुट्छ भनेर सोध्यो। 'नौ बजेको बस लागिरा'छ' भन्दिंदा 'पाँच मिनेट भन्दा टाइम छैन' भन्दै हतार हतार गर्दै ओरालो झर्थ्यो केरे।"

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे एकोनविंशोध्याय॥१९॥
उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
 
Posted on 01-22-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D:D:D:D:D

पं. गालब कुमारको अर्को धमाकेदार प्रस्तुति।
 
Posted on 01-22-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा !!

चाइन्जो गालउ बाउले ठिक कुरो अर्नु भो । स्वस्थानीयाँ ता तेस्तो लेख्या र च । बल्ल ठिक भो अब हेरौ न भउत्या र पुन्ट्या चर्तीकला । हैन गामका ठुला बाठा टोपल्या यि जिम्बाल पनि के भाका ? सानैमा फुच्चाका बिहे अर्न तम्सिनि । बिहेबारी २० बर्ष पारी भनेर गाम्ले ठिटाहरुले अस्ती पसल अगाडी भित्तामा लेख्या बिर्सयौ बुडा ? बुडेसकालमा सुद्दी सबै गुम्छ भन्ने तेस्तै हो कि क्या हो बुढा ?

यि नानु ले के कुरा गर्या होला? स्वस्थानीले सदबुद्धि दिउन् रे ?

क्यर्न डराम्न परो यो हरीलाइ पनि ?
 
Posted on 01-22-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए अब त भाग्ला नि त्यो के जाति बादुर ... सत्य युग को तितौरी त त्यस्ति रहिछन। अइलेकि झन कस्ति होलिन?! होसियार है बादुर :)

गुड जब! गालबजी!
 
Posted on 01-22-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रचण्डजी ! नमस्ते है ( उसो त मलै लाल-सलाम अर्न मुन लात्यो ...फेरि केटकिटि हुरु डराम्छन 'लालसलाम' सुन्ने बित्तिकै )
क्या निक राख्नु भएको नि खुब राम्रो लाग्यो मलै त ।:)
*****************
अनि खेरि जुनबेला 'तिन पाने' र 'जय शंभु' अर्ने मुन्छेलै यसपटक को चियापान 'विषेश' भयो होला नि :)
...."तितु, चियाको रङ् त राम्रो छ। कुन चिया पकायौ?"
"खयरछाप'....:D :D :D
कति हस्नु एक्लै
 
Posted on 01-22-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा गाले मोरोले हँसाम्नु सम्म हँसाओ गाँठे!
यी कुराहरु मजाओ लाओ - "यस्तो सुनेर तितौरी १२ हातको जिब्रो निकाल्दै :p गर्न लागिन्"
हे हे हे
"एकछिन पछि "मेरो साथी तल्लो घरमा छ। त्यसलाई लिएर दुई मिनेटमा आउँछु।" भनेर गल्लीमा निस्केर ओरालो लाग्यो। "
मोरो रिकुटे, च्व... च्व ...च्व...

हैन ए डम्बरे स्वाँठ! गोडा आठ दसेक बर्क पइला बाउ आमा सपै रुवाएर, गर गहना चोरेर, भा'को २ भकारि धान नि बेचेर मुउलान भासि्या तिमी नै हैनौ? अएले कुन मुखले जिम्माल त मावलि हजूरबा भन्दै हाम्रा गामका चेलिलाई आँखा लाम्छौ हँ? धेर आँखा नलाउ यिनि हाउँरि तामाको टुसा अस्ति कलिलि नातिनीलाई फेरि भाउते र कुम्ले लाठेहरु ला'र तिमीलाई यो गाम बाट बाँसको भाटै भाटाले पिटेर खेद्नु पर्ला होस अर!
 
Posted on 01-22-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब धरै राम्रो लाग्यो ।
मिस् नमस्ते
 
Posted on 01-22-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ माष्टरनी नानि!

यिनी माष्टरनी नानि नि के भन्छिन कुन्नि? के जाति लालसलाम अर्न मुन लाओ रे! के हो तो लालसलाम भनेओ? हाम्रो गाममा हाम्रा ७ पुस्ता देखुन कि त जदौ अर्छन कि त नमस्ते! तो सलाम भनेओ रिकुटेहुरले अड्डाँ अर्ने कुरो हो!तो पनि लाल रे!
हाउँरो लाले कता हराओ आचकल कुन्नि देखा परेकै छैन त गाँठे! न तो बजिया नि मुउलान भाँसियो कि? दैब जानुन!
 
Posted on 01-22-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँदा हुँदा यिनि ठुलिले यो विरखे दाईलाई नि बिर्सिछिन्!
तआआआआआआअ नि अरिनन्!
 
Posted on 01-22-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते मिस्
धन्यबात !
निकनाम राम्रो लाओ अरे? के को होला खै सङ्कै लाउनि पनि - मेरो नाम देखेरै प्रचण्डे भन्दा गउतम नानीले राख्या नाम चण्डे ठिक छ भन्ने तपाइनै हो क्यार (रिसाएनि क्यार्नु अब:))

हेर यि जिम्बाल ले दुइ चरित्र देखाका । पहिला चै आफै नानि अब बिहे अर्न पर्छ भन्ने बुढा अहिले त्यो के जाती डम्मरे स्वाँठ भन्दा रचन् बा बुडा ।

थुलीको के छ खबर ?

सबैलाइ नमस्ते है ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Biden formally Stands Down!!!
Nepali Psycho
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters