[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९६ --

[Please view other pages to see the rest of the postings. Total posts: 716]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 272444 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 01-25-08 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९६  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 96 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 25-Jan-08 10:18 PM

 
Posted on 01-29-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन कल्ले हो, आज त लहरेको जन्मदिन भन्या जस्तो लाग्छ त
सपनामा देख्या हो त उसोभए?
लौ त, अब २-३ महिना बाँकी भये नि लीइ राख अहिले लाई फुर्सत भा' बेला दीइ हाल्या नि, पछी के हो के


 
Posted on 01-29-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्यो ० अगाडि होला है लहरे ?


 
Posted on 01-29-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठु सोम, लहरे ब्रो, हाम्लाई सँचै छ, तपाईंहरुलाई नि बेसै होला। चित्रे, जिम्मालबा, ठुल्दाइ, ठुल्नानी लगायत सबैलाई दोस्रो राउन्डको जदौ!
लहरे ब्रोको जन्म दिन साँच्चै चैतमा हो र यदी माघ मै भे सुअकामना है मेरो नि। चैतमा भे यै सुअकामना एड्भान्समा भो।

 
Posted on 01-29-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एऽऽऽ! कुरा त्यसो पो? चार्ली च्यापलिनको भन्दा ६ दिन चाँडो रहेछ!


 
Posted on 01-29-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हुँदा हुँदै रित्थे ले सेमत हसाउन थाल्यो।
अब बुझ्नेलाई बदवाइजर नबुज्नेलाई कही न केही

 
Posted on 01-29-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र चित्रे, य तेसो भये चार्ली च्यापलिन लाई माथ गरेछु त मैले

 
Posted on 01-29-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बुझ्ने लाई बडवाइजर
नबुझ्नेलाई कारको भाईजर


 
Posted on 01-29-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो रिट्ठे, अहिलेइ लिई हाल जन्मको दिन बधाई, लहरे। भोलि के हो के? संबिधान सभाको चुनाव जस्तै चैतबाट नि सर्ने हो कि?


लौ कुरै कुरामा रिट्ठा स्टाइलमा दोस्रो राउण्डको तारेमाम् बिर्सेको, ग्वाँचुले सम्झायो, थ्यान्कू ग्वांचु राम।


 
Posted on 01-29-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त हो ठुल्दै, मेरो पनि चैत्र अठाइस म पर्छ भन्या।
तर भएर केही न केही। आफ्नो त तिथी अनुसार जन्मदिन मनाउछ क्यारे

 
Posted on 01-29-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिथी अनुसार चैत्रको २८ कि मिति अनुसार? जे होस् लहरे नि चैते रहे छ। आफ्नो जन्म दिनमा नेपाल मा बिदा दिने चलन चलाएको छु।

 
Posted on 01-29-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिति अनुसार चैत्रको २८ तिथी अनुसार त कहिले पर्छ थाहै हुँदैन, दुई चोटि त बैशाख १ गते परिसक्यो भन्या

 
Posted on 01-29-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


balla chance payiyo yasho chautarima bishaune.. sabailai good afternoon.

lu ta aahile lai yati nai pachhi chautarima bashi baata maramla.

 
Posted on 01-29-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री सर्वभक्षी भोजनालय

चौतारी गाउँ, चौतारी

मेनु-

१) कुखुरा फ्राइड पाङ्ग्रा आन्द्रामा उनेको (मसलादार आन्द्रे सस र खुर्सानी संग) - प्रति प्लेट- रु. २०

२) कुखुराको सिउर - प्रति गोटा- रु. १०

३) सुंगुरको थुतुनो फ्राई - प्रति गोटा- रु. २०

४) सुंगुरको मुतुनो फ्राई- प्रति प्लेट- रु. २५

५) साङ्लाको सुप स्विट एन्ड सावर- प्रति बाउल- रु. १५

६)घरेलु साङ्ग्लाको सुप स्पाइसि - प्रति बाउल- रु. ३५

७) क्रिस्पी कमिला (कालो)- प्रति प्लेट- रु. १५

८) क्रिस्पी कमिला (रातो)- प्रति प्लेट- रु. २५

९) रांगाको तन्दुरी पुछ्छर (सिंगै)- प्रति गोटा - रु. १००

१०) रांगाको तन्दुरी पुछ्छर - प्रति प्लेट. - रु २५

११) रांगाको थुतुनो- प्रति प्लेट - रु. २०

१२) रांगाको मुतुनो (फ्राइड वा सुप)- प्रति प्लेट - रु. ३५

१३) मिक्स्ड आन्द्रा डेलिकेसि (खसि, सुङ्गुर, रांगा, कुखुरा र बिरालोको आन्दरा मिक्स्ड) - प्रति प्लेट- रु. ५०

१५) होल ओभन रोस्टेड मुसा (बिकासे सेतो)- प्रति गोटा- रु. ३५

१६) होल ओभन रोस्टेड मुसा( लोकल कालो)- प्रति गोटा- रु. ५०

१७) सर्वभक्षि स्पेशल होल ओभन रोस्टेड कालो छुचुन्द्रो- प्रति गोटा. - रु ७०

१८) चिप्लेकिरा ग्रेभि विथ निलो झिंगा- प्रति बाउल - रु. ७०

१९) फार्म रेज्ड बर्खे भ्यागुता थाइ फ्राइड - प्रति गोटा- रु. २०

२०) वाइल्ड कट बर्खे भ्यागुता थाई फ्राइड (सिजनमा मात्र उपलब्ध) - प्रति गोटा- रु. ५०

२१) चेपागाँडा नुडल्स झोल - प्रति बाउल- रु. ३५

२२) चेपागाँडा नुडल्स फ्राइड - प्रति प्लेट- रु. ५०

२३) मिलिपिड फ्राइड- प्रति प्लेट- रु. २५

२४) सेन्ट्रिपिड फ्राइड- प्रति प्लेड- रु. २५

२५) लाईभ क्याटरपिलर विथ सोया सस (कोरियन स्टाइल)- प्रति प्लेट - रु. ५०

२६) सर्वभक्षी स्पेशल डिप फ्राइड लिच(फिल्ड विथ बफेलो ब्लड) (चाइनिज स्टाइल)- प्रति प्लेट - रु.८०

२७) डबल कुक्ड होल छेपारो- प्रति प्लेट - रु १५०

२८) फर्मेन्टेड सावर्ड छेपारो केम्ची - प्रति प्लेट - रु २५

२९) स्यालको रक्सी (तिनपाने)- प्रति ग्लास - रु १५

३०) स्यालको रक्सी (दुइपाने) - प्रति ग्लास - रु २०

३१)फिस फ्लेवर्ड  फरमेन्टेड लेउ- प्रति प्लेट- रु १०

३२) भँगेराको मुटु फ्राइड- प्रति प्लेट- रु ५००

३३) भ्यागुतो मान्चुरियन- प्रति प्लेट- रु. २५

सबै डिसहरु, गोरुको लेग सुप संग सर्व गरिने छ!

धन्यवाद्

 

 

 


 
Posted on 01-29-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-29-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>४) सुंगुरको मुतुनो फ्राई- प्रति प्लेट- रु. २५<<<



 
Posted on 01-29-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२९) स्यालको रक्सी (तिनपाने)- प्रति ग्लास - रु १५

३०) स्यालको रक्सी (दुइपाने) - प्रति ग्लास - रु २०

र्‍याल आयो नि बिर्खे बा, स्याल को रक्सीले।


 
Posted on 01-29-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-29-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसो सुँगुर र राँगाको जस्तै आफ्नै अङ्गहरुका नि फ्राइड बनाएर मेनुमा राखेनछन्, जिम्माल-बुढाले। अस्ति न्यासले टाँस्या भिडियोको आलु-जस्तो साथिले बेलैमा सानलाई खबर गरेर सानले हटाएर हो ! नत्र त्यो भिडियो जिम्मालले देख्न पा'को भा' आफ्ना पनि दुइ-चार आइटम पक्कै राख्थे।

अझ होल ओभन रोस्टेड जिम्माल त हारालुसै हुन्थ्योहोला।


 
Posted on 01-29-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम चोर् हरु सुध्रेका हुन् कि बिग्रेका, रिट्ठे?
 भट्टी धाउने दिन होइन तै पनि चौतारी आउने गर्दैनन् ?
आगो ताप्दै हुन् कि बाटो नाप्दै हुन्?

 
Posted on 01-29-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
I hope all the fake Nepali refugee get deported
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
MAGA denaturalization proposal!!
Are Nepalese cheapstakes?
Nepali Psycho
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters