[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १०१

[Please view other pages to see the rest of the postings. Total posts: 698]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 237997 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 02-18-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको



१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 101 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी


तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।




चौतारीका दौंतरीहरू


भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM

 
Posted on 02-21-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldai, Thanks a lot, Geetkar jyu ko naam bhandinu bhako ma.
 
Posted on 02-21-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलिक ढिलो भछु, नत्र पुरस्कार पाउथे जस्तो छ।

अनी ठुल्दाइ, खुकुरी त मेरो जिल्लाको हो, चैनपुरको पनि तेही हो कि करुवा हो म दुबिधामा छु।


 
Posted on 02-21-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोलुमा ३ वटा मात्रा थिए जस्तो लाग्छ धावन मार्ग।
खोटाङ शाही उत्तर हो भन्छु केरे।

लु रिट्ठे शाही जवाफ पामा न,


 
Posted on 02-21-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाजिर जवाफ प्रतियोगिता को नतिजा:
१. ठुल्दाइले ३ वटा प्रश्नको सहि जवाफ दिएर ६० अंक प्राप्त पर्नु भएको छ भने २ वटा प्रश्नको गलत जवाफ दिएकोले निज को २० अंक माइनस
जम्मा अंक ४०


 
Posted on 02-21-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कसरी मिलेन मेरो उत्तर? कक्षा ६ देखी स्नातक तह  सम्म हाजिर जवाफ त्यसै जिते भन्थानेकोहोला?
 
Posted on 02-21-08 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्न बरु गाह्रो हुन्न,
तिम्रो माया मार्नै सकिनँ

बसंतको हरियाली फूलसंगै ओइली जांछ
निलो भुइँको सेतो बादल हावासंगै उडी जांछ
तर तिम्रो न्यानो माया
अझै पनि न्यानो नै छ
तिम्रो माया मार्नै सकिनँ


धेरै लामो बाटो हामी,संगै संगै हिडिँसक्यौ
टाढा टाढा कता कता हामी दुबै पुगिसक्यौँ
तर अंत्य यसको यहिँ भन्न अझै मनै भयेन
तिम्रो माया मार्नै सकिनँ,

मर्न बरु गाह्रो हुन्न,
तिम्रो माया मार्नै सकिनँ


 
Posted on 02-21-08 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्को माया मार्न सकेन लहरे बौचा?

प्रेम रोगको लक्षण देखा पर्न थालए छ, लहरे लाई?

लौ अब गाउंमा नि लोप डाक्तर चाहियो।


 
Posted on 02-21-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्को माया मार्न नसक्नु नी,
छैन लोप सोप परेको,
ठुल्दै पनि तेतीकै उदाइदिने क्या,
एसो गीत राम्रो लागेर टाँसेको, के के सोच्दीने के के
अब त गीत टाँस्न पनि सावधानी अप्नाउनु पर्ला जस्तो छ,
 
Posted on 02-21-08 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन, किन रिसाको लहरे?
लोप पर्नु नराम्रो हो र भन्या? लजाएको होला बरु।
लोप त जिन्दगीमा एक चोटि गर्नै पर्छ, गरेको छैन भने ढिलो भाको छैन, सुरु गर।
यो गीत गाउँने फत्तेमान माड्साबको त क्या खतरा लोप स्टोरी छ। त्यसै गाउछ यस्तो खतरा गीत?
 
Posted on 02-21-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइको २ वटा प्रश्न गलत भएको जानकारी गराउदछौ !
प्रश्न न. १ र ४ को गलत उत्तर दीइ २० अंक माइनस भएको छ !
सहि  जवाफ यसप्रकार रहेको छ:-
१. सबै भन्दा बढी बिमान्स्थल भएको जिल्ला सोलुखुम्बु जहाँ ३ वटा बिमान्स्थल रहेका छन
१. लुक्ला(भर्खरै नाम परिवर्तन गरी हिलारी तेन्जिङ राखिएको छ) २. स्याङ्बोछे ३. फाप्लु
४. 'चैनपुर' खुकुरी हैन 'करुवा'को लागि प्रसिद्ध छ-- 'खुकुरी'को लागि प्रसिद्ध 'भोजपुर' (सुन्तलेको गाउ) हो !


धन्यवाद !


 
Posted on 02-21-08 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ रिसाउनु ठुल्दै,
रिसाउने चलन छैन मेरो,
अब लोप सोप होइन ठुल्दै, सिधै गेर्ने हो, कसो रिट्ठे,
खोइ आज त चिलिम बिरेक पनि भएन, ग्वाँचू बाजेको कथाले
असार गरे जस्तो छ, 
 
Posted on 02-21-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै चित्त बुझेन रिट्ठे,
हाम्रो पालाको सामान्यज्ञान पुस्तक मा सोलुखुम्बुमा ६ वटा बिमान्स्थल नै भएको लेखिएको छ। होइन भने नेत्रबहादुर थापाको सामान्यज्ञान २०३४ हेर्नुस्।
अनी चैनपुर् को करुवा हो कि खुकुरी भन्ने कुरामा कन्फुस भएर गुगलमा रिसोच गर्दा खुकुरी नै भेटेकोले त्यही लेखेको हो। पुरा नम्बर चाहियो, नत्र ...............................
 
Posted on 02-21-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चैनपुरको करुवा नै हो ठुल्दै, 
 
Posted on 02-21-08 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


२०३४ सालमा साना तिना बिमान्स्थल सहित् गरि ६ वटा पुगे पनि हाल सोलुखुम्बु जिल्लामा ३ वटा मात्र बिमान्स्थल चालु अवस्थामा रहेको छ !
गुगल मा रि-सोच गर्दा परिणाम जे आये पनि चैनपुर्को प्रसिद्ध 'करुवा' नै हो--ठोकुवा ठोक्छु यसमा
तेइ भएर चैनपुर  जादा एउटा असल करुवा र भोजपुर जादा एउटा असल खुकुरी किनेर ल्याएको पनि छु !


 
Posted on 02-21-08 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब लहरे नि रिट्ठे को पक्ष मा लागे पछी मेरो केही लाग्दैन। लौ करुवा नै माने। करुवा त हाम्रो घराँ बन्छ, चाँदिको । हाम्रो घर चैनपुर् होइन क्या र?
का म पा, वडा न २० .

 
Posted on 02-21-08 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अयरपोटाँ पुगेम्। फुन सुन त आ'थेन, तै नि चानस जो लिम् के रे भुनेर लागेको तेता। ब्यानै उड्नु अघि त फुन अरेथे, भरै त्याँ (ह्याँ) पुगेसि फीरि अरुम्ला भुनेर। बुढाको फुनको, चईनि, बैटरी सकियो होला, उसलाई फुन मार्दा नि सिधै भ्वाईस मेलाँ जानि।

वरि परि गर्धन तन्काई तन्काई खोज्दै थेम्। एउटो कुप्रेका बुढा लौरो टेक्दै हिंडि रा' देखेम्। खोल्च्याङ् खोल्च्याङ नि अर्दै थे। झन्डै गर्धना समातेर तर्साईन ति पराई लाई। बोल्न नि नसक्नि "ख्वाईं ख्वाईं" मत्र अर्नि को अर्कै परेच।

अर्का बुढालाई ह्वील चेराँ डोराई रा' थि एउटी शोडषीले। हो न हो, अस्ति फुटाँ देखेको तेस्को सातौं स्वास्नी तेई हो भुनेर हुत्तिन्दै गा'को, झण्डै मारेन मोरीको चप्पलको झट्टारोले!

जिम्माल त के, बज्जे बुढाको नलि खुट्टो नि भेट्टाईन, अनि फर्कें।

आईले त, चईनि, मासागर माथि घुर्दै होलान् पातकी बुढा!


 
Posted on 02-21-08 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'प्रश्न ४ नेपालको पुर्वी पहाड चैनपुर के को लागि प्रसिद्ध छ? खुकुरी '

खुकुरी -- सल्यान

मुलाई चै यस्तो लाग्यो खुकुरीको बारेमा,  तर चाँदीको करुवा चै का म पा, वडा न २० . मै  पनि हुनसक्छ

Last edited: 21-Feb-08 07:29 PM

 
Posted on 02-21-08 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता गये सब्बै, सुरु हुने बेला भएन भनेको? लौ म चै आयी पुगे है, अब कान थापिन्छ बशिन्छ, खाँदै होलान सब्बै बज्जे हरु, लौ खाउ अनी झरौ है त यता तिर।
 
Posted on 02-21-08 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता गये हिजो अश्ती त यती बेला सुरु हुन्थ्यो त आझ के गर्न थाले?
 
Posted on 02-21-08 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
Travel Document for TPS (approved)
wanna be ruled by stupid or an Idiot ?
To Sajha admin
Those who are in TPS, what’s your backup plan?
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
advanced parole
MAGA and all how do you feel about Trumps cabinet pick?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters