[VIEWED 141237
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 07-22-05 2:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पहिलो धागो: http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21060 साथीहरु, सुरुसुरुका दिनहरुमा लहैलहैमा लागेर सुरु गरेको मेरो कथा "मञ्जु, मलाई माफ गर है!" ले आजसम्मको दौरानमा मेरा ८,५०० भन्दा बढि पाठक (भ्रमणार्थी) हरुको न्यानो माया र सद्भाव पाएको छ। सानदाईको ३०० पोष्टको सिलिङलाई छुन सकेको छ। कयौँ साथीहरुबाट अमुल्य सुझाबहरु, प्रतिकृयाहरु र हौसलाका शब्दहरुले सुसज्जित भएको छ, मेरो यो पहिलो प्रयास। मेरो ब्यक्तिगत ठेगानामा आएका ईमेलका बर्षाहरु त झन् कति भावनात्मक र कति मित्रतापूर्ण छन् भन्ने कुरा यहाँ लेख्ने शब्दहरु नै पाउन सकेको छैन मैले। केहि साथीहरुले मलाई छपाई र गोपनियता लगायत अन्य महत्वपूर्ण बिषयहरुमा अमुल्य सल्लाहरु पनि दिनु भएको छ। यहाँहरुका सुझाबहरुलाई मनन् गर्दै यहाँहरु सबैमा हार्दिक कृतज्ञता टक्राउन चाहन्छु। प्यारा पाठकहरु, बिशेषत: पछिल्लो समयमा आएर आशुदाईको अर्कै धागोमा यो धागो संम्बन्धि अ-प्रासांगिक चर्चाले हामी केहि साथीहरु बिचमा केहिसमय सानोतिनो खटपट पनि भयो। सायद मैले उहाँको लेखाई बुझ्न सकिन होला अथवा उहाँले पनि आवेशमा आएर लेख्नु भयो होला। मैले पनि आवेशमै उहाँलाई बिजाउने केहि कुरा गरेँ होला। नठाँटिकन भन्नु पर्दा उहाँबाट मैले सिक्ने कुराहरु निकै छन्। उहाँले पनि सिक्ने कुरा होलान्, पक्कै पनि महसुस गर्नु भएकै होला। अहिले त यी सबकुराहरु बिगत भैसकेका छन। मेरो बिचारमा त यस्तै खटपटहरुबाट त छिटो सिकिन्छ नि, अनि हामी बिचको घनिष्ठता पनि मजबुत हुँदै जान्छ। सबै राम्रैराम्रो कुरा मात्र गरेर त हामी अर्धज्ञानी भैहाल्छौँ नि! भनिन्छ, लोग्नेस्बास्नीबिच झगडा नभएको घर मसानघाट हो। सायद साथीसाथीमा पनि त यो नियम लागू होला नि। यसपाली दशैँताका म काठमाण्डौ जाने कुरा मिलाउँदै छु। यदि सबै कुराले साथ दियो भने र आशुदाईले समय दिन सक्नु भो भने प्रत्येक्ष भेटघाट गरेर नै हाम्रो मित्रतालाई अझ बलियो बनाउने आस पनि छ कताकता। हेरौँ के कस्तो हुँदै जान्छ? धागोको अन्तिम पोष्टमा जिओगुरुजीले मेरो तर्फबाट सबैलाई दिनु भएको धन्यबाद र मलाई दिनु भएको हौसलालाई म धेरै धेरै धन्यबाद दिन चाहन्छु। पिसेसजीले नयाँ धागो खोलेर मलाई अझै लेख्न घच्घच्यानु भएकोमा पनि धन्यबाद। हुन त पिसेसजी कै धागोमा सुरु गरे पनि हुने हो, तर पनि मेरो आफ्नै नामबाट सुरु गर्दा सानदाईको कन्टेनरमा छिरिसके पछि पनि खोजेर पढ्न सजिलो होस् भनेर मेरै नाम बाट नयाँधागो शुरु गर्दैछु, यसै कथालाई निरन्तरता दिन। समयको क्रमसँगै कथा त निकै नै लामो भयो। अझै पनि लामै लेख्ने बिचार गरेको छु। नेपालमा रहँदासम्मका कुराहरु समेट्ने प्रयास छ मेरो। केहि फूर्सदको समय कटाउन लामै भए पनि मेरो कथाले केहि काम गर्नेछ भन्ने आसा लिएको छु। पहिलेको कथा नपढ्नु भएका नयाँ साथीहरुले फुर्सदको समय कटाउन शुरुमा दिएको लिंक्कमा क्लिक गर्नुहोला। ------ ओके
|
|
|
|
u_day
Please log in to subscribe to u_day's postings.
Posted on 10-13-05 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Manju! I'm realy realy mad at you.
|
|
|
NepaliPoonte
Please log in to subscribe to NepaliPoonte's postings.
Posted on 10-13-05 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Who is this Manju anyways? I've been seeing this thred floatin around for a while so was just curious!! Manju, whoever you are, malai maaf garnu pardaina!! ~peace~
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 10-15-05 7:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै साथीहरुलाई थ्यांक्यू है, प्रतिकृयाको लागि। दशैँको ह्याङओभर सकिएकै छैन, फेरी तिहारको रमझम सुरु भैसक्यो। ईमेल चेक गर्ने त फूर्सद छैन, साझा त तेस्रो प्राथमिकतामा पर्छ, ईमेल र समाचार पछि। कहिले काहिँ सप्तान्ततिर यसो नजर लगाउँदा केहि न केहि लेख्न मन लाग्छ, यो साझामा। एउटा कथा सुरु गरेको, कता पुग्यो कता? कसरी सकिने हो भन्ने कुरा नै आफैँलाई थाहा छैन। लेख्दै जाँउ, हेर्दै जाँउ, बिट मार्ने समय कसो नआउला त? --- ओके मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके खण्ड २८ बिहान १० बजे देखि नै थियो प्रतियोगिता। यसपटक चाहीँ समयमै सुरु भयो। रामपुर स्कुलको ईज्जत राख्दै हामी प्रथम भयौँ र पुरुस्कार थापिउँ यो पालि पनि। शाहसरले बधाई दिनु भयो। 'ल अब प्रथम भएको उपलक्ष्यमा आज स्कुलको तर्फबाट खाजा ख्बाउने तिमीहरुलाई' भन्दै सिडिओ कार्यालय नजिकैको एउटा होटलमा पसेर सेलरोटी र आलुको चानाको तरकारी मगाउनु भो शाहसरले। हामी सबैजना खान मात्र के लागेका थियौँ, एकजना मान्छे होटलमा आएर सोध्यो "यहाँ ओम खनाल भन्ने बिद्यार्थी कोहि छ?"। शाहसर उठेर अनौठो मान्दै सोध्नु भो 'यिनै हुन् ओम, किन होला?' "सिडिओ सापले उसलाई लिएर आउनु भन्नु भा छ' भन्यो उस्ले। सिडिओ साप भन्ने बितिक्कै मलाई त डर लाग्यो। शाहसरले कारण बुझ्न खोज्नु भयो त्यो मानिससँग। 'मलाई थाहा छैन' भन्दै केहि थाहा नभएको कुरा ग-यो उस्ले। 'आजको हाजिरीजबाफमा फष्ट गरेकोले सिडिओसापले भेट्न खोज्नु भाहोला, जाउ ओम। हामी एकछिन् तिमीलाई यहिँ कुरेर बस्छौँ' शाहसरले त्यहि मान्छेसँग मलाई 'जाउ' भन्नुभो। मञ्जु 'ओमदाई खाजा खाएर जानुस् न' त भन्दैथिन् तर पनि त्यो मान्छेले तुरुन्तै जाँउ भनेकोले म पनि उसँगै डराई डराई जिल्ला प्रशाशन कार्यालयतिर लागेँ। 'किन होला त मलाइ सिडिओ सरले बोलाउनु भको? म जस्तो फुच्चेलाई तेत्रो ठूलो मान्छेले भेट्न किन खोज्नु भो होला? मैले केहि गल्ति पो गरेँ कि? खै... केहि गल्ति गरे जस्तो त लाग्दैन मलाई' मनमा अनेक तर्कना खेल्न थाले। २ मिनेट जति पनि लागेन, होटलबाट सिडिओ कार्यालयमा पुग्दा। मलाई 'बाहिरको बेञ्चमा बस्दै गर्' भनेर त्यो मान्छे सिडिओ कार्यालय भित्र पस्यो। नजिकैको नागरिकता फाँटमा नागरिकता लिने मानिसहरुको भिड थियो। "आज १ हप्ता भो सुब्बासाप, म यो डाँडाको चिसो खाएर बसेकी। हिजो देखि पैसा सकिएर केहि पनि खाको छैन। घर पुग्न ३ दिन लाग्छ हजुर। आज मेरो काम गरिपाँउ मालिकसाप्। नागारिकता नभर मेरो घरगोठ उठाउन लागे हजुर गाँउका ठुलाठालुले" जम्लाहात जोडेर एउटी ७०-७५ बर्षको जति देखिने बृदा अनुरोध गर्दै थिईन्। भित्रबाट कसैले बोल्यो "मैले हिजो के भनेको थिएँ, त्यो कुरा नभैकन त तिम्रो नागरीकता बन्दैन बुढी। मैले भनेको कुरा ठिक्क पारेउ भने भोली-पर्सी बनाईदिँउला, नत्र त तेत्तिकै हो"। अरु पनि बोल्दै थियो त्यो कोठाभित्रको मान्छे, टाढा भकोले मैले राम्ररी सुनिन। ति बृदा त त्यहाँबाट रुदैँ निस्किन्। मलाई त कस्तो नरमाईलो लाग्यो "हजुरआमा, काम भएन?" मैले सोधेँ। "के गर्थे बाबु म गरीब बुढीको काम। पैसा लाग्छ रे नानी ५०० रुपिँया। मसँग कहाँबाट हुनु तेत्रो पैसा" ति बुढिआमा त झन् ठूलो स्बरले पो रुन लागिन्। १५ बर्षे जोशमा मलाई सिधै भित्र गएर त्यो सुब्बा भनाउँदो मानिसको कठालोमा समाएर घोक्राउँ जस्तो त काँहा नलागेको हो र? तर पनि म फुच्चेको त्यत्रो आँट काँहा आउँथ्यो र? क्रमश
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 10-15-05 7:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ती बुढीआमासँग एकदुईपटक दोहोरो कुरा पनि हुन नपाँउदै अघिकै मान्छे आएर 'ए केटा, भित्र जा रे' भन्यो। त्यो त त्यहाको पाले रहेछ। म भित्र गएँ र नमस्कार गरेँ सबैलाई। मनभित्र भने डर लागिरहेको थियो। भित्र-भित्रै काँपिरहेको थिँए। सिडिओ कार्यालय भनेको मेरो तात्कालिन सोचाईमा 'मुठ्ठिभर गाँउका ठूलाबडा बाहेक सर्बसाधारणलाई दुख्ख दिने, अनेक बहानामा जेलमा लगेर थुन्ने, नागरिकता बनाउँदा दु:ख दिने' जस्ता काम गर्ने अड्डा भन्ने कुरा मात्र गडेको थियो। हुन पनि एकैछिन् अगाडि ति बुढिआमैलाई दिएको दु:ख आफ्नै आफ्नै आँखाले देख्दा त झन् विस्वास भयो। सिडिओ कार्यालय भित्र ३/४ जना मानिसहरु रहेछन्। हाम्रो गाँउको प्रधानपञ्च शेरबहादुर पनि रहेछ त्यहिँ। अरु २ जनालाई चाहिँ मैले चिनिन। कसैले पनि नमस्कार फर्काएनन्, मानौँ म त्यहाँ गएको कसैले पनि देखेन । एकछिन् सम्म उनिहरु अर्कै गफ गरिरहे, कसैले केहि बोलेन। म चाहिँ ढोकाको छेउमै उभिरहेँ। केहि बेर पछि सिडिओसाप कुर्सीमा राखेको रुमाल मिलाउँदै मतिर फर्केर बोल्नु भो "ए... यहि फुच्चे हो यत्रो तहल्का पिट्ने?"। सिडिओसापको यो बोलीसँगै मेरो मुटुमा ढ्याङग्रो ठोक्नलाग्यो। "कस्तो तहल्का सर?" मेरो मुखबाट फुत्त निस्कियो। "अझ, यहाँ पनि प्वाक्क बोल्छ, चुपलाग्। बहुत जान्नेसुन्ने भर नाटक देखाईस् रे हैन गाँउमा! कस्ले सिकायो, तेस्तो नाटक देखाउन?" सिडिओसापको आबाज झन् कडा हुँदै गयो। मैले नम्रस्बरले भनेँ "मैले के गल्ति गरेको छु र? छोरीलाई पढाउनु पर्छ भन्ने नाटक त देखाएको हो नि? के यो पनि गर्नु हुन्नथ्यो र साप?"। "उ उहाँलाई चिन्छस्?" शेरबहादुर प्रधानपञ्च तिर देखाउँदै सिडिओसाप बोल्नुभो "तैँले त निर्बाचित् पञ्चभलाद्मीको बिरुद्दमा अराष्ट्रियतत्बहरुलाई फाईदापुग्ने नाटक देखाको थिईस् रे। ल भन् तँलाई कोकस्ले यसो गर्ने लगाको हो? सबैको नाम यहाँ दिईस् भने म तँलाई छोडिदिन्छु नत्र भने जेलमा लगेर थुनिदिन्छु"। जेलको नाम सुन्ने बितिक्कै मेरो मुटुले ठाँउ छोड्यो। "कसैले हैन सर, म आफैँले लेखेको हो त्यो नाटक। फेरी नाटकमा के नै पो नराम्रो कुरा छ र?.." । मेरो बोली नसकिँदै उहाँ कराउनु भो "अझ ढाँट्छस्? तँ जस्ता भारेभुरेले यत्रो हिम्मत् गर्न सक्दोहोस्। ए लगेर थुन्दे यस्लाई डि.एस.पी. कार्यालयमा, बढ्दा बकबक गर्दो रहेछ।" "हस् साप" भन्दै बाहिर बसिरहेको पुलिसले मेरो पाखुरामा समाएर लिएर गयो। निरिह म जस्ले जता लगे पनि त्यतै जानु सिबाए के नै गर्न सक्थेँ र? साझाल्याण्ड, २९ असोज २०६२
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 10-16-05 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 10-16-05 2:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन यो कथा कता जेल तिर लाग्यो ? ओ के जि येसो गाउ घरको चौतारोमा गफ गर्न फुर्सत निकाल्म न ?
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 10-28-05 11:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओकेखण्ड २९ एकछिन् हिडेपछि मलाई डिएसपी कार्यालयमा पु-याईयो। बाटामा केहि पनि सोधखोज गरिएन। कार्यालयको गेटमै ड्युटी गरिरहेको अर्को पुलिसलाई जिम्मा लगाएर मलाई लिएर आएको पुलिस चाहिँ फर्कियो। उनिहरु बिचमा केहिबेर खै के कुरा भयो, मैले चाहिँ केहि पनि बुझिन। पहिलेको पुलिस फर्किएपछि त्यहाँको पुलिसले सोध्यो "के गडबड गरिस् ए केटा? कति बर्षको भईस् ऐले?"। म केहि पनि बोलिन। सिडिओ कार्यालयमा मैले बोलेको बोलीको कुनै सुनुवाई नभएकोले त्यहाँ पनि मैले बोल्नुको कुनै अर्थ छैन भन्ने सोची मौन बसिरहेँ। तर उसले मेरो कुरा दोहो-याई दोहो-याई सोधिरह्यो। उस्ले मलाई न गाली ग-यो, न कुनै फोहोरी बोलीले नै हका-यो। मैले सोचेको ठीक बिपरित उस्को बोली अरु पुलिसहरुको जस्तो थिएन। सोध्दा पनि माया गरेजस्तो लाग्यो मलाई, मानौ उ पनि म जस्तै पिडित परिवारबाट आएको मानिस हो र गरीव परिवारका मानिसहरुलाई फटाहाहरुले जालमा कसरी फसाउँछन् भन्ने कुरा उस्लाई राम्ररी थाहा छ। हुन त प्रहरीमा जागिर खानेहरु प्राय: निम्न वर्गकै हुन्छन्, तरपनि मुठ्ठीभर सामन्ति परिवारको नेतृत्वको आदेशलाई मान्नु पर्ने बाध्यताका कारण आफ्नै वर्गलाई पनि परको नजरले ब्यबहार गर्न बाध्य हुनुपर्छ, उनिहरुले। धेरै बेरको मौनता पछि मैले पनि सबै कुराहरु उसलाई बताईदिएँ। घरको अबस्था, नाटक देखाएको कुरा देखि लिएर रामपुर स्कुल पढ्दाको कुरा सम्म सबै भने। मेरा सबै कुराहरु उस्ले धैर्यताका साथ सुन्यो। बिचबिचमा केहि थप कुरा सोध्नु बाहेक उस्ले मेरो कुरामा कुनै अबरोध गरेन। अन्तमा उस्ले "यस्तै हो भाई, के गर्नु? गल्ति नगरे पनि सजाएँ भोग्नु पर्छ कहिले काहिँ। बरु उनिहरुले जे जे भन्छन् तेहि मानिदिनु पर्छ। बेकारमा किन उनिहरुसँग रिसीवी साध्ने?" भनेर आत्मियता देखायो। उसले भन्न खोजेको सिडिओ र डिएसपीले भनेको मान् भन्ने कुरा बुझ्न मलाई गाह्रो भएन। त्यतिबेला सम्म हामी गेटमै थियौँ। उस्को ड्युटीको समय पनि सकिएछ। अर्को पालो दिने पुलिस आयो र मलाई देख्ने बितिकै सोध्यो "यो चोर सालेले कस्को के चोरेछ?"। म त उस्को कुरा सुनेर छक्क परेँ। भित्र भित्रै रिस पनि उठ्यो। तर पनि चुपै लागेँ। "हैन, त्यस्तो केहि हैन, केहि सोधपुछ गर्नलाई सिडिओसापले पठाउनु भा रैछ" मसँगै रहेको पुलिसले कुरा मिलायो र मलाई पनि उसँगै लिएर गयो। हिड्दै गर्दा "म भरे डिएसपी सर सँग कुरा गरौँला, पीर नगर्" भनेर सान्तोना पनि दियो र २०-२५ जना जति सुत्ने गरेको हलमा लिएर गयो। 'भोक लागेको होला, यहि खाटमा बस्तै गर्, म मेसमा गएर केहि खाने कुरा रहेछ भने ल्याउँछु' भन्दै उ बाहिर निस्कियो। एकछिन् पछि नै बिहानको अलिकति मकैको च्याँख्लाको भात र सागको तरकारी दिँदै भन्यो "ल यो भात खा"। भात चिसो भैसकेको रहेछ। भोक त निकै नै लागेको थियो। अगिको होटलको मुखमा पु-याई सकेर छोड्नु परेको सेल र आलुको चानाको तरकारी सम्झँदै खाटको छेउमा बसेर खान लागेँ। 'कतै नगैकन यहि कोठामा बस्तै गर्। कतै हिड्ने हैन नि फेरी।" थर्काएकै शैलीमा यति भनेर उ बाहिर निस्कियो। मैले पनि 'हुन्छ' भन्ने स्विकृतिको टाउको मात्र हल्लाएँ। क्रमश:
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 10-28-05 11:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रात पनि पर्नै लाग्यो। सदाको झैं पश्चिममा सुर्यका किरणहरुले धमिला धर्साहरु कोरे, म बसिरहेको कोठा भित्र पनि खटप्वालबाट भित्र छिरे। त्यहि खाटको सिराने छेउको गारोमा अडेस लागेँ र सोच्न लागेँ। सोचाईहरु दिमागमा तँछाड्-मछाड् गर्दै आउन थाले "मञ्जुहरु मलाई कति बेरसम्म पर्खे होलान्? मेरो यो खबर सुनेर आमा कति रुनु हुँदो हो? रामपुरमै भका भाई र बहिनी म नहुँदा कसरी बसे होलान्? कहिले पनि यस्तो कुरा नसुनेकी मञ्जुले मेरो कुरा सुनेर के सोचिन् होला? बास्तबिकतामा म निर्दोष भएपनि पुलिसले पक्ड्यो रे भन्दा नै अर्कै नजरले हेर्ने समाजको सोचाई भन्दा फरक मञ्जुले अरु के नै सोचिन् होला र? फेरी मञ्जुलाई निर्दोषहरु पनि यो तात्कालिन समाजको सँरचनामा कसरी फस्न सक्छन् र फसाउँछन् भन्ने शिक्षा नै कस्ले दिएको छ र? सायद मप्रतिको दृष्टिकोणनै पुरै परिवर्तन भयो होला, मलाई अर्कै नजरले हेर्न थालिन् होला। म उनको सोचाईमा एक अपराधिको रुपमा दरिएँ होला। घनश्यामसर, हेडसरले के भन्नु भयो होला? 'कस्तो फटाहा केटालाई सहयोग गरेर पढाईएछ' भनेर चित्त दुखाउनु भयो त होला नि? अब म यो दलदलबाट कसरी मुक्ती पाउने? आउँदो एसएलसी परीक्षा पनि दिन पाईने हो कि हैन? मलाई यहाँ कति दिन राख्लान्?"। सोच्दासोच्दै कहिले काहिँ त 'अब देखी म यस्तो कामहरु कहिल्यै गर्दिन् भनेर माफ मागेर जान दिएछन् भने जाँउकि जस्तो लाग्थ्यो। तर पनि छिट्टै नै 'मैले के गल्ति गरेको छु र माफ माग्ने? खान दिहाल्लान् क्या रे, कतिञ्जेल थुन्दा रहेछन्, थुनुन्' भनेर मन दरो बनाँउथे। रातको ८ बजे तिर त्यहि अगिको पुलिस आएर 'हिड् डिएसपी सरले बोलाउनु भएको छ, जाउँ' भनेर लिएर गयो। डिएसपी सरले कुट्न बोलाको जस्तो मानेर मलाई खुब डर लाग्यो, तर पनि त्यो पुलिस पनि मसँगै जाने भनेकोले मनमा अलिक सादर पनि लाग्यो। सुरुमा नरम किसिमले सोधखोज भयो, तर स्बर बिस्तारै कडा हुँदै गयो। "के काम गर्छस्?" "रामपुरमा कक्षा १० मा पढ्छु सर" "अनि पढ्ने मान्छेले राजनीति गर्छन् त?" "म राजनीति गर्दिन सर"। "अनि तँ त गाउँको खुब नामुद बिद्रोहि होस् रे नि। नानाथरी गर्दै हिड्छस् रे"। "तेस्तो केहि हैन सर, त्यो सब मलाई फसाउँनका लागि भनिएका हुन्, मलाई मन नपराउनेहरुले"। "बिद्रोही नाटक पनि देखाको थिस् रे त?" "नाटक बिद्रोही थिएन सर, छोरीलाई पढाउनु पर्छ भन्ने सन्देश मात्र थियो"। "छोरीलाई पढाउनु पर्छ भन्ने कुरा तँलाई कस्ले सिकायो?" "गाँउका दिदीबहिनीहरुले पढ्न नपाएको देखेर आफैँले जानेको सर"। क्रमश:
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 10-28-05 11:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"तेरो बाउ खुब बिरोधि राजनीति गर्छ रे नि?" "सर, मेरो बुबा हुनुहुन्न, म सानो छँदा नै बित्नु भको"। "तेरो दाई त होला नि"। "मेरो दाई नै छैनन् सर"। "अनि को को छ तेरो घरमा?" "आमा, म, एकजना भाई र एकजना बैनि"। "आमाले राजनीति गर्ने हो?" "सर मेरो आमा लेख्नपढ्न जान्नु हुन्न। बाबा बित्नु भएपछि सबै घरको ब्यबहार नै उहाँले हेर्दै आउनु भको छ। घरको काम एक्लै धानेर, बनिबुतो गरेर हामीलाई पढाउनु भको छ। म आफैँ ट्युशन पढाएर भाईबैनीलाई पढाउँदै छु। रामपुरका सरहरुले पनि सहयोग गर्नु भा छ" यति भनिरहँदा आन्तरिक बेदनाले मेरो बोली अड्किरहेको थियो। यिनै सोधखोजहरु पछि डिएसपीसरले वाकिटकीबाट सिडिओसर सँग कुरा गर्नुभो, म र त्यो अर्को पुलिस पनि डिएसपी सरकै कोठामा थियौँ। उहाँहरुको दोहोरो कुरा सबै त मैले सुनिन, तर पनि उहाँहरुले छिट्टै छोड्ने जस्तो लाग्यो मलाई। सेटलाई बन्द गरेर अलिक कमकडा स्बरले भन्नु भो "हेर केटा, अब यस्ता काम गर्दै नहिड्, खुरुखुरु पढ्। यस्तो बच्चा उमेरमै नचाहिँदो काम गर्दै हिड्ने हैन। सिडिओसर सँग पनि कुरा भो। तँलाई 'अब आईन्दा तेस्ता काम गर्दिन' भन्ने कबोल गराएर छोड्ने कुरा भा छ। तेरो कुनै नजीकको नाता पर्ने कोही ठूलो मान्छेले कबुलियतनामा गर्नु पर्छ। ल भन् को छ तेरो नजीकको मानिस? आमालाई बोलाउन सक्छस्?"। "आमा, आउन सक्नु हुन्न सर, घरमा आमा बाहेक कोहि छैन। भैसीँ हेर्नु पर्छ, फेरी यति टाढा आउन पनि सक्नु हुन्न"। "अब जस्लाई बोलाउनु पर्छ, बोला। कोही यहाँ आएर कबुलियतनामा नगरेसम्म तँलाई छाड्न मिल्दैन" यति भन्दै त्यहिँ भको पुलिसलाई देखाउदै भन्नु भो "यो केटालाई कतै सुत्ने ब्यबस्था गर्दे"। डिएसपी सरलाई नमस्कार गरेर म र त्यो पुलिस कोठाबाट निस्कियौँ। साझाल्यान्ड, ११ कार्तिक, २०६२
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 10-29-05 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाल स्काउटको बिल्ला गोजीमा राखेर " पञ्चायती ब्यवस्था, मुर्दाबाद" भन्दै नारा लगाएको याद आयो। ल ल ओके दाइको "जेल जर्नल" जानु पर्यो नि अब।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 10-29-05 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म मात्रै अभागी परेँछु। चैत्र १६, ०४६ मा अस्कलबाट २७३ जना लगेर थुन्दाखेरि मलाई लगेन। "यो शान्ति बिद्या गृहको फुच्चे पनि परेछ, जा!" भुनेर मलाई पुलिसले लगेन। उतिखेर खुशी लाग्यो अहिले पछुताउँदैमा हैरान छ।
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 10-29-05 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
same here, dada. म त ६ कक्षामा थिएँ। आफुलाई छाडेर अरुलाई मात्र लैजादा मलाई त उतिखेरै रुन मान लागेको थियो। जेलमा सेल नै खान पाइन्छ जस्तो के।
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 10-29-05 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
haina testo natak dekhaundai ma yetro babaal bhanya !! ali mero sano dimag ma yo kuro gayena kya !! prasta pari diuna ho ??
|
|
|
Paaru
Please log in to subscribe to Paaru's postings.
Posted on 10-30-05 12:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सार्है राम्रो लाग्यो! लेख्दै गर्नु!
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-12-05 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
OKji, Sarai byasta hunu bho ki kaso? Ded mahinai huna lagecha tapai ko katha update nabhaeko. Yeso fursad milai continue garnus na. "सोध्दा पनि माया गरेजस्तो लाग्यो मलाई, मानौ उ पनि म जस्तै पिडित परिवारबाट आएको मानिस हो र गरीव परिवारका मानिसहरुलाई फटाहाहरुले जालमा कसरी फसाउँछन् भन्ने कुरा उस्लाई राम्ररी थाहा छ। हुन त प्रहरीमा जागिर खानेहरु प्राय: निम्न वर्गकै हुन्छन्, तरपनि मुठ्ठीभर सामन्ति परिवारको नेतृत्वको आदेशलाई मान्नु पर्ने बाध्यताका कारण आफ्नै वर्गलाई पनि परको नजरले ब्यबहार गर्न बाध्य हुनुपर्छ, उनिहरुले।" Ekdamai mutu chhoe hai mathi ka line haru le...sad but absolutely true.
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 12-12-05 10:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hi Paaru! (केटी हो कि भनेर। केटा भे त *त्राको हाई ! बाइ!)
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 12-12-05 10:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओकेजी, ढिला गरेर मञ्जु-२ पढें। धन्यवाद छ तपाईँलाई यति राम्रो प्रस्तुति दिनु भएकोमा। अबचैँ समयमै पढ्ने गर्छु। ******************************************* ए दादा, २०४६ सालमा तपाईँ अस्कलमा हुनुहुन्थ्यो? म पनि त्यतै थिएँ। चैत्र १६, ०४६ मा अस्कलबाट २७३ जना लाँदा म चाहिँ होस्टेलपट्टि थिएँ। पछि होस्टेलको पछाटिपट्टिबाट निक्लेर सामाखुशीतिर लागेको एउटा सानो जुलुशमा मिसिएका थियौँ हामी केहि। अरुको याद भएन, त्यो बेलामा संगै हिँडेको यू. के. (अर्काको नाम त्यसै भन्न त नहुने हो, छोटकरीनै भएपनि!) साथीको सम्झना छ। ती साथीसंग भेट नभएको १५-१६ वर्षै हुन लागेछ।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 12-12-05 10:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामी भौतिक विज्ञान प्रथम लौ जा। किलासमेटको नाम राजन शर्मा बोर्ड फस लौ जा। आँफु बोर्ड फस नभे नि किलासमेट त बोर्ड फसै हो।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 12-12-05 11:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादा उसोभए ०४४-०४६ होला आइ.एस्सी., मचैं ०४५-०४७ (हुनत सकिदासम्म ०४८ भइसकेको थियो।)।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-12-05 11:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले पढ्न पर्ने धेरै रहेछ साझामा।आज फेरि साझामा चिहाउन थालेको ढिलो भयो जस्तो लाग्यो। यस्तो खजाना लुकिराको रहेछ। ओके जी, धेरै समय लाएर पढेँ तपाइँको रचना। प्रभावित भएँ!
|
|