वर्गवादी पुष्पलाल र जातिवादी पुष्पकमल
मोदनाथ प्रश्रति
नेपाल कम्युनिस्ट पार्टर्ीी संस्थापक पुष्पलाल र सशस्त्र संर्घष्ाका नायक पुष्पकमलका सिद्धान्त, विचार र व्यवहारमा ठूलो अन्तर देखापर्दैछ । दृष्टिकोणका कतिपय सवालमा त दुवै विपरीत दिशातिर र्फकेका देखिन्छन् । कम्युनिस्ट आन्दोलनका यी दर्ुइ व्यक्तित्वको विपरीत चिन्तन र व्यवहारले कार्यकर्ता र जनतामा अन्योल र विरोधको खतरा बढ्ने हुनाले यस विषयमा गम्भीर र व्यापक छलफल चलाउनु आवश्यक छ । विवादका विषय धेरै छन् । अहिले दर्ुइ चारवटा प्रसंग उठाउन चाहन्छु ।
पुष्पलाल आफ्ना हरेक लेख, दस्तावेज, चिठीपत्र आदिमा थर, जाति केही नजोडी नाम मात्र लेख्ने गर्थे । त्यसबारे कार्यकर्ताको प्रश्नमा उनी प्रँयः भन्ने गर्थे- हाम्रोजस्तो धेरै जात जाति भएको मुलुकमा जातिवाचक थर नलेख्नु उचित ठानी मैले छोडेको हु“ । यही सर्न्दर्भ उनको लेखमा यसरी आएको छ- एकदिन नेपालको इतिहासको प्रसंग चल्दा डा. डिल्लीरमण रेग्मीले भने- 'पृथ्वीनारायणले नेवार जातिमाथि अत्याचार गरे तर मैले त नेवार जातिका पक्षमा लेखेको छु ।' ... रेग्मीले मसित कोठामा गरेको यही कुरा बीपी कोइरालाले लिखित रूपमा भन्न थालेका छन् । रेग्मी र बीपीले के भने के लेखे मेरा लागि त्यति महत्त्वको कुरा होइन । सबभन्दा महत्त्वको कुरा हो- देशका पु“जीवादी वर्गका नेताहरू वर्गीय राजनीति खेल्न अर्समर्थ छन् र जातीय तथा सँम्प्रदायिक, कूटनीतिक तथा दबाबको राजनीतिमात्र खेल्न सक्छन् । -नेपालमा कम्युनिस्ट आन्दोलनको संक्ष्ँिप्त इतिहास, पृ. २०-२१) । डा. रेग्मीले आफ्नो र बीपी गुटको बीचमा टक्कर परेको बेला मलाई जातीय भावनाले भड्काएर आफ्नो पक्ष्ँमा तान्ने गलत तरिका अ“गाले भन्ने आरोपसहित पुष्पलाल भन्थे- नेताहरूका यस्ता गलत चिन्तनले वर्गीय भावनाको ठाउ“मा जातीय भावना भड्कन सक्छ र राजनीतिक आन्दोलन बरालिन पुग्छ । ... म नेवारबाट नेपालीमा परिणत भई मार्क्सवादतिर लागेको व्यक्तिलाई रेग्मीको यो पुरानो कुराले असर गर्नुको साटो उनीप्रति घृणा जगायो । -उपर्युक्त पुस्तक)
त्यसबेला जनजातिका उच्च वर्गका केही व्यक्ति आएर पुष्पलालसित भनेका थिए- 'यदि क्रान्तिको विजयपछि कम्युनिस्ट पार्टर्ीी हामीलाई जातीय स्वायत्त राज्यको अधिकार दिने विश्वास दिलाउनुहुन्छ भने हामी जनजातिहरूलाई तपाईंको पार्टर्ीी संगठित गर्ने अभियान चलाउ“छौं । पुष्पलाल त्यसो गर्ने पक्ष्ँमा थिएनन् । तैपनि उनले त्यो कुरा केन्द्रीय समितिमा राखेर छलफल गराए । बैठकले त्यसो गर्नु कम्युनिस्ट आन्दोलन र राष्ट्रिय एकतामा बाधक हुने निष्कर्षनिकाली उनीहरूलाई अवगत गरायो ।
अहिले देशमा तिनै जातिवादी गल्तीहरू दोहराउने कुरामा पुष्पकमल -प्रचण्ड) को नेतृत्व ज्यान फालेर लागेको छ । उनले देशभरि जातीय मुक्तिमोर्चा खोलेका छन् र जातीय स्वायत्त राज्यको सपना हातहातै बा“डेका छन् । चैत २ गते नेवा मुक्तिमोर्चाको दोस्रँे सम्मेलनमा प्रचण्डले भने- पृथ्वीनारायण शाहले काठमाडौंमा हमला गरी सुसंस्कृत र समृद्ध नेवार समुदायलाई विस्थापित गरी एकात्मक सामन्ती राज्य चलाए । त्यसैले राजसंस्थाको अन्त्यका लागि यहा“को नेवार समुदाय नै जाग्नर्ुपर्छ । यो अरूले ढालेर ढल्दैन, उपत्यकाको नेवार समुदायले नै निर्ण्ाायक प्रहार गर्नर्ुपर्छ । -कान्तिपुर ३ चैत)
प्रचण्डको भाषणमा दर्ुइ आशय प्रस्ट रूपले आएका छन्- १. पृथ्वीनारायणको नेतृत्वले काठमाडौंसहित अनेकौं ससाना राज्य जिती ठूलो राज्य बनाउ“दा जातिहरू विस्थापित भएका थिए । त्यसैले नेपालको एकीकरण गलत थियो । २. वर्तमान राजतन्त्र सामन्तवादविरोधी सम्पर्ूण्ा जनताको एकताबाट होइन, उपत्यकाका नेवार समुदायको प्रहारबाट मात्र ढल्न सक्छ ।
इतिहास विकासको सामन्तवादी चरणमा स-साना राज्यरजौटाहरूका ठाउ“मा ठूल्ठूला राज्य र राष्ट्रको स्थापना कसरी हुन्छ भन्ने कुरामा पुष्पलाल मार्क्सवादी सिद्धान्तअनुसार प्रस्ट थिए । त्यसैले उनले पृथ्वीनारायणको राज्यविस्तार या नेपालको एकीकरण समाज विकासको ऐतिहासिक आवश्यकताअनुरूप त्यसबेलाका प्रगतिशील शक्तिहरूको माग र र्समर्थनबाट भएको कुरा प्रस्ट रूपले लेखेका छन् ।
-छानिएका रचनाहरू भाग १-२, १५८-५९) सामन्ती राजतन्त्र र पुरानो राज्य व्यवस्थालाई कुनै जातिविशेषले निर्ण्ाायक रूपले ढाल्न सक्छ भन्ने कल्पनासमेत पुष्पलालको लेखमा कतै पाइ“दैन । सामन्तवादविरोधी संगठित राजनीतिक शक्ति र किसान, मजदुर, विद्यार्थी बुद्धिजीवी आदि परिवर्तनका संवाहक सम्पर्ूण्ा वर्ग र समुदायहरूको संयुक्त शक्तिबाट मात्र राजतन्त्र समाप्त भई गणतन्त्र स्थापना हुने उनको विश्लेषण छ ।
प्रचण्डहरूले समाजको विकासक्रममा बनेको वर्ग, वर्गीय विचार र अन्तर्विरोधहरूलाई उपेक्ष्ँासाथ दोस्रो स्थानमा राखी जातीय संगठनलाई प्रँथमिकता दिएर देशभरि जातीय मुक्तिमोर्चा गठन गरे । उनले मधेस र पहाडलाई छुट्याउने गरी विभिन्न जातीय गणतन्त्रका नक्सा कोरे र तिनलाई आत्मनिर्ण्र्ााहितको स्वायत्तता दिने घोषणा गरे । प्रस्ट छ, वर्तमान नेपालभित्रका जातिहरू -राउटेजस्ता अपवाद छोडेर) आदिम समाजका वर्गविहीन कविलाको अवस्थामा छैनन् । सबैजसो ठूला जाति, जनजातिहरूभित्र वर्गविभाजन बढिसकेको छ र जातिभित्रकै सामन्त साहूहरूले आफ्नै जातिको पर्याप्त शोषण गर्दै आएका छन् । त्यसमा पनि नेवार जाति, सामन्ती वर्ण्र्ाायवस्था चुलि“दै गएर व्यापक रूपमा श्रमविभाजन भई व्यापारिक पु“जीवादमा राष्ट्रभरि र अन्तर्रर्ाा्रसम्म फैलिएको, सबभन्दा बढी वर्ग विभाजन भएको जाति हो । त्यसै जातिभित्र बडेबडे पु“जीवादी घराना र तन्नम र्सवहारा पनि छन् । त्यसैजातिका धनाढ्यहरू, शिक्ष्ँा, सरकारी सेवा, दरबारी सेवा र अन्तर्रर्ााट्रय व्यवसायमा अग्रिम स्थानमा छन् । प्रचण्डले तर्राईको व्यापक वर्ण्र्ाावभाजन र वर्ग विभाजनबाट तीव्र बनेका अन्तर्विरोधहरूको गम्भीर अध्ययनै नगरी सिंगो तर्राईलाई क्ष्ँेत्रीय साम्प्रदायिक नाराद्वारा भड्काएर आफ्नो पोल्टामा पार्ने खुब रमाइलो केटौले सपना देखेका थिए । त्यही सपना पूरा गर्न जस्ताजस्ता मान्छे बटुली सशस्त्र दस्ता बनाएका थिए । अहिले उनकै शिक्षाबाट जन्मेका सन्तान माओवादीका लागि ग“गटाका बच्चाजस्तै भएका छन् । ७ चैतको रौतहट हत्याकाण्ड प्रचण्डको वर्गीय राजनीतिविरोधी, जातीय, क्ष्ँेत्रीय चिन्तन र युद्धवादी दम्भको दुःखद परिणाम हो । आजको युगमा जातीय-क्ष्ँेत्रीयवादी राजनीति यस्तो रोग हुन्छ जसमा देश-विदेशका प्रतिक्रियावादी कीटाणुहरूको संक्रमण सहज रूपमा व्यापक हुन्छ । प्रचण्ड भन्दै थिए- तर्राईका यस्ता फुटपरस्त सशस्त्र गुटहरूलाई म टुप्पीमा समाएर घुमाउन सक्छु । तर त्यहा“को असन्तोषको डढेलो माओवादीको बलबुताभन्दा बाहिर त गयो गयो, सिंगै राष्ट्रका लागि गम्भीर समस्या बन्दै गयो । आफैंले दीक्ष्ँित गरेको अवर्गीय युद्धकौशल आफ्नै लागि यदुवंशी संग्रँमको रूपमा देखा पर्दा माओवादी नेताका तालु सुक्न थालेका छन् ।
अर्कातिर सिंगै नेवार जातिलाई आफ्नो एकलौटी औजार बनाउन चाहने अवर्गीय माओवादी कविला चिन्तन होटल व्यवसायी हर्रि्रसाद श्रेष्ठलाई कुटेर करोड माग्नासाथ वर्गीय एकताको हुङकारले तिर्मिरायो । बन्दुकले तर्सर्ााका गाउ“हरूमा व्यक्ति व्यक्ति पक्डेर, चुटेर लाखौंलाख झार्न र नदिए मार्न सहज थियो । देशभरिका दर्ुदान्त घटनाहरूमा पनि चुइ“क्क नबोल्ने उद्योग व्यवसायी वर्ग आफ्नो अंगमा आक्रमण हु“दा एकताबद्ध अरिंगालको गोलोझैं खनियो । प्रचण्डले बुझे होलान्- पुष्पलाल नेवारबाट नेपालीमा परिणत भई मार्क्सवादतिर लागे जस्तै, नेवारबाट उद्योग व्यवसायी बनेर सबैजात र क्ष्ँेत्रका व्यवसायीको वर्गीय हितमा एकत्रित सामूहिक शक्ति कति बलियो र व्यापक हु“दो रहेछ । अब कति दिन चल्ला बन्दुके हुल गएर धम्काइ र चुटाइले चन्दाको नाममा लाखौं करोडौंको लुट गर्ने जंगली राज †
माओवादी नेताहरू देशभरि मनपरि कुट्ने, काट्ने, लुट्ने, मार्ने धन्दा चलाएर अहिले संसद्मा लस्कर लाएर आएका छन् । उनीहरू अहिले जंगलको राज सहरमा पनि एकछत्र चलाउन चाहन्छन् । नेताहरू संसद्भित्रै हतियारका धम्की दिन्छन् । प्रचण्डले हजारौं हतियार र ठूलो युद्ध चलाउने जनशक्ति बाहिरै भएको धमास दिन्छन् । सम्झौताअनुसार शिविरमा पसेका तिनका सैनिकहरू जङ चल्नासाथ राष्ट्रसंघका स्टिकर टा“सेका बन्दुक बोकेर सडकमा निस्कन्छन् । कसैलाई मार्नु र प्रचण्डका मुखबाट दर्ुइ अक्ष्ँरको 'माफी' शब्द चुहाउनु दाल-भातजस्तै भएको छ । आफ्नो निम्ति कुनै नियम, कानुन चाहि“दैन । तर आफूले समेत निहु“ खोज्ने र हेप्ने गरेको 'मधेसी जनअधिकार फोरम' या 'गोइत', 'ज्वाला' आदि समूहलाई प्रतिबन्धित र दण्डित गर्नर्ुपर्ने कुरा हुकुमी शैलीमा उकेल्छन् उनीहरू । आफ्नो गल्ती र उग्र प्रवृत्तिले जहा“जहा“ गडबडी, झडप या हत्या हुन्छ, त्यहा“ दरबारी षड्यन्त्रको आक्ष्ँेप फ्या“केर बरी हुन चाहन्छन् उनीहरू । मार्क्सवादी दृष्टि र वर्गीय नीति त्यागेर बल र बन्दुकको आडमा जातिवादी राजनीति खेल्नुको परिणाम के कस्तो हुन्छ भन्ने कुरा माओवादी नेताहरूले जति चा“डो बुझ्यो त्यति चा“डो समाधानतिर लम्कन सक्छ देश ।
kantipur daily
Posted on: 2007-03-23 22:06:03