प्रिय छोरी जयन्ती शुभाशिष,र्
र्सवप्रथम त्रि्रो अनुशासन र मिहेनतका लागि बधाई दिन्छु । त्रि्रो पढाइ र कार्य सफलताका लागि परमेश्वरस“ग कोटीकोटी पर््रार्थना गर्छु । आफ्ना छोराछोरीप्रतिको माया कति र कस्तो हुन्छ भन्ने कुरा प्रत्येक आमाबुबालाई मात्रै थाहा हुन्छ । आङ छोपाउनु र पेट भराउनुमात्र आमाबुबाको कर्तव्य होइन । भविष्यमा शिक्षित आमाबुबा बनेर राष्ट्रको सेवा गर्न सकुन् भन्नाका लागि उचित शिक्षा दिनु पनि उनीहरूको कर्तव्य हो ।
छोरी विकसित राष्ट्रहरूको शिक्षाको तुलनामा हाम्रो राष्ट्रको शिक्षा कुनै तह वा आकारबाट पनि तुलनीय छैन । तैपनि हाम्रो देशको भौगोलिक बनोट र आर्थिक स्थितिअनुरूप देश-काल-परिस्थिति सुहाउ“दो भने पक्कै छ । तिमीलाई थाहा छ, यहा“ मध्यरातमा एसएलसी परीक्षाफल प्रकाशित हुने गर्छ । त्यसमा आफ्नो पढाइको मिहेनतले प्रथम पंक्तिमा आउन सफल केही विद्यार्थीहरू डाक्टर, इन्जिनियर र प्राइभेट संस्था रोज्ने ओहदाकारी बन्छन् । बा“की भने उच्चशिक्षा वा अन्य अवसरमा मुगलानिने गरेका छन् । अझ तेस्रो श्रेणीमा उत्तर्ीण्ा हुनेहरू देशको केन्द्रीय राजनीतिमा ओगटिएका छन् । -फेरि दर्ुभाग्य, तिनै राजनीतिज्ञहरूले हाम्रो शिक्षानीति हा“किरहेका छन् ।) गाउ“मा पढ्दा मकैको ढि“डो वा फापरको रोटी दाउरामा पकाएर खाइन्थ्यो । टुकी र सल्ला दाउराको उज्यालोले आफ्नो गोठ वा खरको छतभित्र बसेर किताब रटिन्थ्यो । मलाई थाहा छ, आज यो राजधानीका विशालकाय भवनहरूमा पनि बस्नका लागि डेरा नपाइने स्थिति छ । यहा“ बिजुली छैन, धारामा पानी छैन, बजारमा ग्यास-पेट्रोल छैन ।
पढाइ हुनुपर्ने स्कुल र कलेजका मूलढोकाहरूमा अक्सर तालाबन्दी छ । त्यही कारण छोरी तिमी आज भविष्यको बाटो खन्न विदेशिन लागेकी छ्यौ । तिमीमात्रै होइन, त्रि्रा सबै संगातीहरू पनि तिमीस“ग विदेशि“दा छन् । एउटा भिन्न समाज जहा“को यथास्थिति त्रि्रो कल्पनाबाट बाहिर हुनसक्छ । अब उताको समयस“ग मिल्न तिमीले मनमस्तिष्कलाई अलग बनाउनुपर्ने हुन्छ । किनभने त्यहा“ तिमी जन्मे-हर्ुर्केको जगत छैन । कुनै समयमा हाम्रो समाजमा चल्ने 'छोरीले एकदिन आमाबुबालाई छोडेर पर्राई घर जानर्ैपर्छ' को अर्थ अहिले आएर यति छिट्टै लाग्ने भएको छ, पर्राई घर नगइकन । यत्ति हो कि अबको समय र जीवन तिमी आफैंले निर्धारण गर्नुपर्छ । उच्चशिक्षा हासिल गरी स्वदेश फिरेर ज्ञान र सीपको सदुपयोग गर्न सक्नर्ुपर्छ । हुन त यसरी विदेशमा पढ्न जाने तिमीमात्र होइनौ, तिमीजस्ता अरू पनि धेरै हुन्छन्, आमाबुबाले एक्ली ठाने पनि तिमी एक्ली हु“दैनौ । विद्या, बुद्धि, साहस, इमानदारिता, लगनशीलता र साथीत्व त्रि्रोसाथ हुनेछ र विजयको पथ लम्किरहने छौ ।
छोरीलाई पत्र लेखेर रुवाबासी सुनाउनुभन्दा तिमीजस्ता सयौं र हजारौं नेपाल आमाका छोराछोरीका लागि अभिभावक बनेर मैले केही भन्न चाहेको हु“ । 'यो देशमा बसेर के हुन्छ र -' भन्ने सोच हटाउ“दै तिमी यो देशका लागि आवश्यक छौ भन्ने सम्झ“दै यता फिर । यिनै गाउ“घर र सहरमा त्रि्रो नामकामको खोजी हुनर्ुपर्छ । आशा छ, राष्ट्रले खोजेका तिमी र तिमीजस्ता धेरै नेपाली छोरीहरू उच्चशिक्षा हासिल गरी स्वदेशमा आई देश र जनताको सेवामा लाग्नेछौ । यही शुभाशिष छ मेरो, तिमीलाई माया गर्ने बुबा ।
-दार्चुला मूल घर भएका लेखक धामी काठमाडौंस्थित प|mेन्च दूतावाससम्बद्ध कर्मचारी हुन् । उनकी छोरी जयन्ती उच्चशिक्षाका लागि अमेरिका जाने भएपछि धामीले यो पत्र लेखेका हुन् ।)