clubmanhattan
More by clubmanhattan
What people are reading
Subscribers
Please log in to subscribe to clubmanhattan's postings.
:: Subscribe
|
Bishwa Bandhu Prasai 18 hrs · मकर संक्रान्ति (माघे संक्रान्ति / माघी) को नेपालीहरुमा हार्दिक शुभकामना !
[VIEWED 3608
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
clubmanhattan
Please log in to subscribe to clubmanhattan's postings.
Posted on 01-15-16 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
# सनातन धर्मावलम्बिहरूले प्रत्येक महिनाको पहिलो दिनलाई 'संक्रान्ति' को रुपमा धार्मिक-सांस्कृतिक कार्यहरु गरेर मनाउँछन् । संक्रान्तिको अर्थ एक ठाउँवाट अर्को ठाउँमा सर्नु हो । वर्षभरिमा राशि पनि बाह्र हुन्छन् र संक्रान्ति पनि बाह्रै हुन्छन् । त्यसमा पनि साउने संक्रान्ति (कर्कट संक्रान्ति) र माघे संक्रान्ति (मकर संक्रान्ति) विशेष पर्वको रुपमा मनाईन्छ । श्रावण संक्रान्तिका दिन देखि सूर्य दक्षिणायण तर्फ लाग्ने र माघे संक्रान्ति देखि सूर्य उत्तरायण तर्फ लाग्दछन् । सूर्य उत्तरायण भएको वेलामा हुने मृत्युलाई उत्तम मानिन्छ । मृत्यु शैय्यमा रहेका भीष्मले पनि उत्तरायण पर्खेको कुरा महाभारतमा उल्लेख छ । # माघे संक्रान्ति नेपालको हिमाल-तराई-पहाड सबै तिर मनाइन्छ । विदेशमा रहेका नेपालीहरूले पनि मनाउँछन् । नेपालका थारु समुदायले त माघे संक्रान्ति लाई 'माघी' पर्वको रुपमा पाँच दिन सम्म मनाउँछन् । यो उनीहरूको वर्षदिन भरिको मुख्य चाड हो । व्यक्तिगत र समुदायगत महत्वपूर्ण निर्णयहरू यहि समयमा गर्दछन् । # माघे संक्रान्तिका दिन तिर्थ स्थलहरू, नदी संगमहरू, नदी किनारहरूमा स्नान गर्ने परम्परा छ । नेपालका विभिन्न तिर्थ स्थलहरूमा यो दिन विशेष जात्रा पनि लाग्दछ । तराईवासीहरू त यसलाई 'नहान' अर्थात् नुहाउने पर्वको रुपमा पनि मनाउँछन् । यस दिन भारतको कोलकता नजिक गंगासागरमा नुहाउनाले ठूलो पुण्य प्राप्त हुने कुरा विभिन्न धर्म शास्त्रहरूमा उल्लेख छ । यस दिन गरेको दानको विशेष महत्व हुन्छ । # यस दिन विशेष गरि घिउ, चाकु, तिलको लड्डु, तरुल, खिचडी, पालुंगो, फापरको फुरौला आदि खाने प्रचलन छ । माघको जाडोमा यी वस्तुहरू खानाले शरीरको तापक्रम बढने, शरीर स्वस्थ हुने र अरुलाई खुवाए धर्म मिल्ने भनाई छ । यो दिनलाई नेवारीमा 'सह्नु' अर्थात् 'तिल संक्रान्ति' भनिन्छ । यो दिनमा तिलयुक्त जलले स्नान गर्नु, तिलको तेल शरीरमा घस्नु, पितृलाई तिलयुक्त जलले तर्पण दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानुलाई महत्वपूर्ण धार्मिक कार्य पनि मानिन्छ । हाम्रा पुराणहरू र धर्म शास्त्रहरूमा यो दिनको विशेश महत्व दर्शाईएको पाइन्छ । # मकर संक्रान्ति / माघे संक्रान्ति / माघी को उपलक्ष्यमा ओमकार परिवार भित्रका सम्पूर्ण सनातन धर्मावलम्बिहरूमा मंगलमय शुभकामना ! हाम्रो धर्म-संस्कृतिको संरक्षण गरौं । धर्मो रक्षति रक्षित: ।
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् ! |
शीर्षक जे पनि हुन सक्छ। |
What are your first memories of when Nepal Television Began? |
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्? |
ChatSansar.com Naya Nepal Chat |
NRN card pros and cons? |
Basnet or Basnyat ?? |
निगुरो थाहा छ ?? |
TPS Re-registration case still pending .. |
TPS Re-registration |
Nas and The Bokas: Coming to a Night Club near you |
अमेरिकामा छोरा हराएको सूचना |
nrn citizenship |
Drawback for applying NRN card |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
Democrats are so sure Trump will win |
Breathe in. Breathe out. |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
Sajha has turned into MAGATs nest |
|
Nas and The Bokas: Coming to a Night Club near you |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|