[Show all top banners]

raitii

More by raitii
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Heart Touching Article on Nepali Diaspora
[VIEWED 2254 TIMES]
SAVE! for ease of future access.
Posted on 04-09-08 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here I found this article very touching and like to share with you guys.

प्रवासबाट मिस गर्दैछु म संविधान सभालाई

            उत्तमबाबु श्रेष्ठ/ बोष्टन,अमेरिका-

देश छाडेर विदेश लागेपछि धेरै कुरा मिस गरिँदो रहेछ। काठमाडौंको अनाम रेष्टुरेन्टको मःमको स्वाददेखि लिएर आमाको हातले बनाएको गुन्द्रुकसम्म, गाउँघरका मेलापात, चाडपर्व, उत्सवदेखि लिएर साथीभाइ, इष्टमित्र, आफन्तको जमघटसम्म सबै मिसहुँदो रहेछ। करिब चार वर्ष विदेश बसाईँको क्रममा यस्ता सानातिना धेरै कुराहरु मिस भए, हुँदै पनि छन् तर व्यक्तिगत अनुभवका आधारमा भन्ने हो भने सबैभन्दा ठूलो दुई ठूला कुराहरु मिस गरियो। एक, जनआन्दोलन भाग दुईमा प्रत्यक्ष सहभागिता जनाउन पाइएन अनि दोश्रो, अहिलेको संविधान सभाको निर्वाचनमा भाग लिन पाइएन। एक युगमा एक पटक आउने यो महान दिन, नेपाली जनताले आफ्नो भाग्यको फैसला गर्ने यो चाड, बिना उत्साह कामै गरेर बित्‍ने भयो कठै, हामी प्रवासी नेपाली।

नेपालमै भएपनि आई हेट पोलिटिक्स भन्दै देशको बारेमा चिन्तन गरियो भने जात गएको जस्तो गर्ने इलिटहरुको जमातलाई अहिलेको देशमा भइरहेको परिवर्तन, जनताको यो अपार उत्साह फगत पार्टीको फोहरी राजनीति खेल लाग्ला। अनि विदेशमा बसेर आफूलाई नेपाली भन्न लजाउने पुस्तालाई पनि यो बेकारको चिज लाग्ला तर परिवर्तन चाहने, देशको प्रगति उन्नति चाहने, अनि देशमा सही नेतृत्व नभएको कारण, सही राजनीति नभएको कारण विदेशिन बाध्य हामी जस्ता लाखौं मानिसहरुका लागि भने यो महान अवसर हो। यसै अवसरमा भाग लिन नपाएकोमा मन त्यसै खिन्न छ। केही दिनअघि सरकारले विदेशिएका नेपाललाई भोट हाल्न आउ भनेर कर्मकाण्डीय रुपमा भने पनि आह्वान त गर्‍यो। मात्र आह्वानले प्रत्येक पल अनिश्चयबीच गुज्रिरहेको प्रवासको यो समयमा देश फिर्न सकिने अवश्यको कल्पना गर्नु पनि मूर्खता हुन्छ। किनकि, प्रवास छ नै यस्तै।

काँचको पर्दामा विदेश देखेका, विदेशिएका लाहुरेको स्वदेश आगमनको ठाँटवाँठ र रवाफ देखेका नेपालीहरुलाई लाग्दो हो, विदेश स्वर्ग छ। तर प्रवासमा नेपालीहरुसँग डलर, युरो र रियालका पोकाहरु मात्र छैन, खोजी पसे दुःखका अथाह सागरहरु छन्। खाडीको मरुभूमिमा उँटको दूध दुहिरहँदा प्रियसीको कल्पनामा उनिएका दुःखी मनदेखि एन्टवेरपेन र लुवेनका शरणार्थी शिविरहरुमा शर्मले उठेका नेपाली हातहरु अनि अमेरिकामा आप्रवासीको लागि राम्रो कानुनको आशमा दिन गन्दै भौतारिरहेका नेपाली आत्माहरुका उस्तै भोगाइ छन्। दुई जीउकी श्रीमतीलाई छोडेर घर हिँड्न परेको मार्मिक कथादेखि आमाको मृत्युमा घर जान नपाएको वेदनासम्म खाडीका तातो बालुवादेखि युरोप अमेरिकाका साँघुरा गल्लीहरुमा बग्रेल्ति छरिएका छन्। त्यस्तो दुःखद अवस्थामा त घर देश जान पाइएन वा सकिएन भने सरकारको यो फगत औपचारिक आह्वानले त कसो पाइएला ? एक प्रवासी नेपालीको मनको प्रश्न।

 

दु:खसुख खैर जे भएपनि यतिखेर सम्पूर्ण प्रवासी नेपालीको ध्यान नेपालको संविधान सभातिर नै केन्द्रित छ। त्यसैले त यतिखेर साविकभन्दा बढी समय नेपालका अनलाइन समाचारहरु पढिन थालिएको छ। नेपालका अनलाइन खबरहरु पढेर चुनावको अनुभूति गरिरहँदा भन्दा पनि नेपालका रेडियो, टिभी र एफएम स्टेशनहरु सुनिरँहदा त्यहाँ भइरहेका प्रचारले अझ उत्साहित बनाउँदो रहेछ। रेडियोमा बजेका भाषणहरु, गीतहरु, अन्तर्वार्ताहरुले आफू नेपालमा नै बसेर सुनेको जस्तो अनुभूति दिलाउँदो रहेछ। यस्तो लाग्छ, यतिखेर हिमालयको तापक्रम गोल्वल वार्मिङ्गले भन्दा पनि चुनावले निकै तातेको छ। नेपाली संचारमाध्यमहरुलाई छामेर भन्ने हो भने यतिखेर चुनावको तातोलाई सजिलै महसुस गर्न सकिन्छ। नेपाली संचार जगत मात्रै होइन, यतिखेर विदेशमा वस्ने नेपालीहरुबीच फोन वार्ता, एसएमएस र च्याट आदिमा चुनावी प्रचार र बहस झ्याङ्गिदो छ। साथीहरुले याहु लगायतका च्याटको फोटो डिस्प्लेमा आफूले मनपराएको पार्टीको प्रचारदेखि, स्टाटस मेसेजमा चुनावका विभिन्न सन्देशहरु राख्न थालेका छन्। चुनावमा प्रत्यक्ष भाग लिन नपाएपनि उनीहरुले नजानिँदो पाराले आफू पनि चुनावमय भएको सन्देश दिइरहेका छन्। भोट हाल्न नपाएर के भयो र चुनाव त प्रवासमा पनि लागेको छ नि। धन्य हो, प्रवासी नेपाली।

            पुस्ताको हिसाबले भन्दा यतिखेर म त्यो पुस्ताको प्रतिनिधित्व गरिरहेको छु, जसले नेपालमा सबैभन्दा बढी राजनैतिक, आर्थिक र सामाजिक परिवर्तनलाई आफ्नै आँखाले देख्‍ने र कानले सुन्ने अवसर पाएको छ। २०४६ सालका परिवर्तनमा केही सक्रिय मेरो पुस्ता २०६२ सालको जनआन्दोलनमा पनि अत्यन्त सक्रिय भएर लाग्यो। १२ वर्षको जनयुद्धकालमा कुनै पुस्ता सबैभन्दा प्रताडित भयो भने हाम्रो पुस्ता नै भयो। युवा देखे कि माओवादी ठान्ने तात्कालीन शाही सैनिक मानसिकता र युवालाई आफ्नो पंक्तिमा सामेल गर्न चाहने माओवादी तरिकाबाट उतिकै प्रताडित भयो मेरो पुस्ता। त्यसको प्रभाव स्वरुप भनौं वा विकल्पको खोजीमा मेरो पुस्ताका लाखौं नेपालीहरु विदेशिन बाध्य भए रोजगारी, पढाई र अन्य कुनै बहानामा। त्यही विदेशिएका अनुमानित २० लाख नेपाली मध्येको एक म प्रवासी नेपाली।

            म त्यस्ता प्रवासीहरुको प्रतिनिधि पनि हुँ जो भूगोल र शिक्षाको हिसावले एउटा मझधारमा छ। अध्ययन पश्चात् नेपाल फर्केर देशलाई सकेको योगदान गर्ने वा अमुक मुलुकको ग्रीनकार्डको बीच आफूलाई हराउने वा बीचको कुनै बाटोमा समाहित गर्ने भन्ने मझधारमा। त्यही मझधारमा बसेर यतिखेर अमेरिकाको कुनै शहरमा बसेर नेपालको संविधान सभाको चुनावलाई मिस गरिरहेको छु । देशको यो अवस्था राम्रो हुन्थ्यो भने इतिहासमा विरलै आउने यस्ता अवसरहरुलाई मिस गर्न पर्दैन थियो होला। लाखौं नेपालीको हातमा हाम्रा हातहरु थप्न मिल्दथे होला। देश समृद्व भएको भएपनि विदेशमा नै बसेर भोट हाल्ने व्यवस्था मिल्दथ्यो होला, कथंकदाचित विदेश आइएको अवस्थामा पनि। नानाथरिका कल्पनाहरु मन भित्र बाहिर गरिरहेका छन् यतिखेर।

            कल्पनासँगै उत्सुकताहरु पनि छन्। यतिखेर देशको भाग्य लेख्ने चुनाव हुँदैछ भनिएको छ। त्यसले समग्रमा देशको भाग्य कस्तो लेख्ला ? हाम्रो पुस्ताको भाग्य कस्तो लेख्ला ? कस्तो संविधान लेख्ला ? देशमा शान्ति, सुवव्यस्था, समृद्वि ल्याउला ? संविधानसभाले राजनीतिका कोरा सिद्दान्त र आर्दशहरुलाई विकास र सामाजीक जीवनका यथार्थहरुसँग कसरी जोड्ला ? अझ भन्दा स्वदेशमा रमाएर आफ्नो घर परिवारसँगै बस्ने वातावरणको निर्माण होला या नहोला ? विदेशको पट्यारलाग्दो एकहोरो बसाइबाट कहिले स्वदेशका फिर्ने उचित मौका आउला ? विदेशमा सिकेका सिप, ज्ञान र प्रविधीलाई स्वदेशमा प्रयोग गर्ने अवसर प्रदान गर्ने वातावरण तयार पार्ला ? विदेशमा कमाएका पुँजीलाई स्वदेशमा लगानी गर्ने अवसरको श्रृजना गर्ला ? म जस्ता मझधारमा उभिएका हरुलाई कुन किनारा देला - आदी प्रश्नहरुका ओइरो छन्। हुन त संविधान सभा कुनै जादुको छडी अवश्य होइन जसले युगौंदेखि सामन्ती जर्जरतामा पिल्सिएको नेपाली समाजलाई छुमन्तरको भरमा हराभरा बनाउन सकोस्। जसले युगौँदेखि मुग्लान पस्ने नेपाली निरन्तरतालाई क्षणभरमा तोडेस्। तर पनि यसले निश्चित रुपमा यसले ६ दशक अघिको काम मात्र फते गर्ने छैन। २३९ वर्ष लामो राजतन्त्रको इतिहासलाई विदा गर्नेछ अनि १२ वर्षको गृहयुद्धको शान्तिपूर्ण रुपान्तरण हुनेछ। जससँगै नेपालको आर्थिक, समाजिक विकासको मार्गहरु प्रशस्त हुनेछन्। अविश्वास बीचका मेरा आशाहरुले त्यसै भन्छन्। इतिहासको महान घडीमा देशलाई परिवर्तन गर्नको लागि सम्पूर्ण देशवासीलाई अग्रिम बधाई तथा शुभकामना।

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters