[Show all top banners]

jhatka

More by jhatka
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Is the Ultra radical Maoist close to their goal?
[VIEWED 5648 TIMES]
SAVE! for ease of future access.
Posted on 01-29-09 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I found this article very serious and meaningful especially under the circumstances that the rift between the Govt. and Nepal army getting  nastier everyday,  what do you guys think ???


यसरी हुँदैछ कब्जाको सुदृढीकरण - देवप्रकाश त्रिपाठी


 



कुनै पनि मानिस शक्तिशाली बन्न धन, ज्ञान र सत्ता तीनमध्ये कुनै एउटाको आवश्यकता पर्छ। धनीहरू धनमै सम्पूर्ण बल देख्छन् भने ज्ञानीहरू ज्ञानमँ अजेय शक्ति देख्छन्। तर, जोसँग धन र ज्ञान छैन अर्थात् जो मानिस विभिन्न कारणवश धनी या ज्ञानी (विद्वान्) हुने सामर्थ्य राख्दैनन् तिनका निम्ति शक्तिशाली बन्ने निर्विकल्पित साधन राजनीतिक सत्ता मात्र हुन्छ। जन्म या कर्मले धनी बन्ने अवसरबाट वञ्चित भएका र ज्ञानका नाममा मार्क्सवादी शास्त्रका अनुच्छेदहरूको रटानबाहेक केही नभएका मानिसहरूलाई कम्युनिस्ट भनिन्छ र त्यस्ता मानिसहरूसँग कम्युनिस्ट नबन्नुको विकल्प भनेको अरू कुनै गलत बाटोको यात्री बन्नु मात्र हुनसक्छ। जब धन र ज्ञानबाट वञ्चित मानिस नै कम्युनिस्ट बनेका हुन्छन् भने उनीहरूका निम्ति सत्ता नै एक मात्र अभीष्ट बन्नु अस्वाभाविक होइन। त्यसमाथि कम्युनिस्टहरूले आफ्ना समर्थक या कार्यकर्ताहरूलाई ‘गए एउटा तुच्छ ज्यान र जिते सम्पूर्ण राज्यसत्ता’ भनेर प्रारम्भदेखि नै दीक्षित गरेका हुन्छन्। त्यसैले उनीहरू सम्पूर्ण समस्या समाधानको एक मात्र स्रोत राज्यसत्तालाई देख्छन्। राज्यसत्ता पाउन, पाएको सत्ता टिकाउन र टिकेको सत्तालाई युग–युगान्तरसम्म जोगाइराख्न कम्युनिस्टहरू कुनै पनि हथकण्डा अपनाउन तयार हुन्छन्। कुनै तानाशाहबाहेक गैरकम्युनिस्टहरू सामान्य अवस्थामा सत्तामा पुग्नका लागि हतियारको सहारा लिँदैनन्, कदाचित एक कालखण्डमा हतियार उठाइहालेछन् भने पनि निश्चित उद्देश्य पूर्ति भइसकेपछि हतियार र हिंसाको राजनीति उनीहरूले सदाका लागि परित्याग गरेका हुन्छन्। तर, प्रजातान्त्रिक विश्वमा लागू हुने यो सिद्धान्त कम्युनिस्टहरूमा भने ठ्याम्मै लागु हुन्न। सत्तामा पुग्नका लागि उनीहरू हिंसा र हतियारको सहारा लिन्छन्, सत्तारोहणपश्चात् पनि उनीहरू हतियार तथा हिंसाको साथ लिइरहन्छन्। माओत्सेतुङले चीनको सम्पूर्ण सत्ता प्राप्त गरिसकेपछि पनि सन् १९६६ देखि १९७६ सम्म चलाएको कथित सांस्कृतिक क्रान्तिलाई विश्वइतिहासमा सत्ताले गरेको हिंसाको चरम रूपको दृष्टान्त मानिन्छ। सन् १९४९ मै एकलौटी सत्ता प्राप्त गरिसकेको चिनियाँ कम्युनिस्ट पार्टी र माओले क्रान्तिको अठार वर्षपछि पुनः क्रान्तिको नाटक किन रच्यो होला र त्यस्तो कथित क्रान्तिका नाममा लाखौं चिनियाँ नागरिकले किन ज्यान गुमाउनुपर्‍यो होला भन्ने विषयमा गम्भीरतापूर्वक विचार गर्ने हो भने कम्युनिस्टहरूको नियत बुझ्न मुस्किल पर्दैन। त्यस्तै रसियाली क्रान्तिका एक अगुवा ट्राटस्कीले आफ्नै सहकर्मी स्टालिनबाट मारिनुपरेको स्मरण हामी सबैमा छ। लेनिनको मृत्युपछि सोभियत सङ्घको स्वतः सर्वेसर्वा हुन पुगेका स्टालिनले आफ्नै पार्टीभित्रका चौरान्नब्बे हजार मानिसको ज्यान लिएको पनि धेरैको जानकारीको विषय हो। आफूसँग बिमति राख्ने आफ्नै पार्टीका कार्यकर्ताहरूको हत्या गरिँदा पनि स्टालिनले क्रान्ति र सिद्धान्तकै रक्षाका लागि भन्ने तर्कको जलप लगाएका थिए। उत्तरकोरियामा किम इल सुङले स्थापना गरेको सँम्यवादी राजतन्त्रको रक्षाका नाममा कति निर्दोष कोरियाली आजसम्म पनि ज्यान गुमाउँदैछन् त्यसको कतै कुनै  
तथ्याङ्क छैन। क्युवामा फिडेल क्यास्त्रोले साम्यवादी राजतन्त्र जोगाउन पनि निरन्तर नाम जनताको र सहारा हिंसाको लिने गरेको तथ्य कसैबाट छिपेको छैन। भारतको एउटा प्रान्त पश्चिम बङ्गालमा तीन दशकअघि सत्तामा पुगेको कम्युनिस्टले समेत सिद्धान्त छोडे पनि सत्ता छोड्न र छोडाउन सकेको स्थिति छैन। विश्व कम्युनिस्ट परम्पराको यही पृष्ठभूमिमा नेकपा माओवादी र प्रचण्डलाई हेर्ने हो भने प्राप्त सत्ता अब कुनै पनि अवस्थामा उनीहरूले छोड्लान् भन्ने कल्पना गर्नु कम्युनिस्टलाई नबुझ्नु मात्र हो। माओवादीहरू कहिल्यै सत्ता नछोड्नका लागि सत्तारुढ भएका हुन् र अब जुनसुकै हथकण्डा या रणनीतिको अवलम्बन गरेर भए पनि ब्रह्माण्डमा घाम–जुन रहेसम्म उनीहरूलाई सत्तामा रहिरहनु छ। उनीहरूको दृष्टिमा जनता भनेका ती मात्र हुन् जो माओवादी पार्टीका समर्थक हुन् या ती हुन् जो चेतनाका दृष्टिले पशुभन्दा खासै भिन्न देखिँदैनन्। शिक्षित, उद्यमी, धनीमानी र माओवादीसँग बिमति जनाउनेहरू ती नेपाली भए पनि माओवादीका दृष्टिमा दुश्मन हुन्। सृष्टिका सबैभन्दा उत्कृष्ट प्राणी मानिसलाई मानेको छ विज्ञानले, तर माओवादीहरू मानिसमध्येमा पनि सबभन्दा उत्कृष्टचाहिँ आफूहरूलाई नै ठान्छन्। सबभन्दा उत्कृष्ट र सही ठान्ने भएकै कारण माओवादीहरू आफ्ना हरेक निर्णय र कार्यलाई पनि सधैं जायज र उचित ठान्छन्। राज्य सत्तामा सधैं आफूहरू नै रहिरहनुपर्छ भन्ने सोच उनीहरूमा हुनुको मनोवैज्ञानिक कारण पनि यही नै हो। प्राप्त राज्यसत्ता त्याग्नुपर्छ या त्याग्नुहुन्छ भनी कम्युनिस्ट शास्त्रमा लेखिएको छैन। बरु लेनिनले राज्य विलोपको सिद्धान्तसम्बन्धी धारावाहिक पुस्तकहरूमा किन कम्युनिस्टले राज्यसत्ता लिनुपर्ने र निश्चित उद्देश्य पूरा नभएसम्म किन छोड्नु हुँदैन भन्ने कुराको सविस्तार वर्णन गरेका छन्। अरूहरूको हातमा सत्ता रहेसम्म साम्यवाद स्थापना गर्न नसकिने र राज्यहरूको विलोप नभएसम्म साम्यवाद स्थापना नहुने भएको हुँदा साम्यवाद स्थापना नहुँदासम्म सत्ता छोड्न नहुने कुरालाई लेनिनले कलात्मक ढङ्गले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। यो बेग्लै वास्तविकता हो कि विश्व संरचना र मानिसको मनोविज्ञानकै कारण साम्यवाद कहिल्यै धर्तीमा आउन सक्दैन, जसरी अध्यात्मवादीहरूले जतिसुकै धार्मिक कर्म गरे पनि स्वर्गलाई धर्तीमा ओराल्न सक्दैनन्। साम्यवाद नआउन्जेल कम्युनिस्टले सत्ता छोड्नै नमिल्ने, पृथ्वीमा कहिल्यै साम्यवाद आउँदै नआउने भएपछि एकपटक सत्तामा पुगेपछि कम्युनिस्टले सजिलै सत्ता छोड्छन् भनी सोच्नु भनेको अज्ञानता मात्र हो।
प्रचण्ड प्रधानमन्त्री भएर माओवादी सत्तारुढ भइसकेपछि कर्मचारीतन्त्र माओवादीको काबुमा गइसकेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि माओवादी प्रभावको नियन्त्रणमा परिसकेको महसुस धेरैले गरेका छन्। कम्तीमा पनि प्रहरी र कर्मचारीहरूले आफ्नो बाटोमा अवरोध पैदा गर्न नसक्नेमा माओवादी ढुक्क छन्। काङ्ग्रेस र एमालेलगायतका राजनीतिक दलहरूको ल्याकत पनि माओवादीले राम्ररी बुझिसकेका छन्। प्रचण्डले बारम्बार अब नयाँ सम्झौताको आवश्यकता परेको बताइरहनुका पछाडि नयाँ गन्तव्यका निम्ति नयाँ गठबन्धनको सिर्जना गर्नुपर्ने रहस्यपूर्ण रणनीति लुकेको स्पष्ट देखिँदै छ। २०६२ मङ्सिमा भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न बाह्रबुँदे सम्झौतालाई जतिसुकै तन्काउँदा पनि त्यसले गणतन्त्र स्थापनाभन्दा अगाडि लैजान सम्भव थिएन। यद्यपि उक्त सम्झौतामा गणतन्त्र स्थापना गर्ने कुरा कतै उल्लिखित छैन। तथापि गणतन्त्रसम्म पुग्न उक्त सम्झौता पर्याप्त थियो। अब यहाँभन्दा अगाडि जान प्रचण्डलाई अर्को सम्झौता चाहिएको छ जुन सम्झौताले संसदीय प्रजातन्त्र वहालीको सम्भावनालाई पूरै निमिट्यान्न पारोस् र जनगणतन्त्रसम्म पुग्न मार्ग प्रशस्त गरोस्। माओवादी निर्णायक क्रान्तिको चरणमा छन् र उनीहरूले यस क्रममा मुख्य तीनवटा शक्तिलाई क्रान्तियात्राको बाधक ठानेका छन्। राजनीतिक रूपमा संसदीय प्रजातन्त्रवादी शक्तिहरू, भौतिक रूपमा नेपाली सेना र त्यसपछि विदेशी तागत, खासगरी भारतलाई आफ्नो यात्राको बाधक ठानेका छन् उनीहरूले। प्रजातन्त्रवादी शक्तिहरूलाई विगतदेखि नै अल्मल्याउने, फकाउने, लोभ्याउने र तर्साउने गर्दै आएको हुँदा यो शक्ति क्रान्तियात्रामा अड्चन बने पनि त्यति ठूलो प्रभाव पार्न नसक्ने र यो शक्तिलाई लातारेरै अगाडि बढ्न सकिन्छ भन्ने विश्वास माओवादीमा देखिन्छ। भारतसँगको सवालमा पनि माओवादीहरू एक हदसम्म उपयोग गरेर जान सकिने आशा राख्दछन्। चीनको दर्बिलो र निर्णायक साथ प्राप्त भएपछि भारतसँग पनि भिड्न सकिने र भारतसँग भिडेपछि क्रान्ति सम्पन्न गर्ने मार्ग अझै छोटो हुने ठम्याइ माओवादीहरूको छ। तर, तत्काल भारतसँग भिडेर होइन मिलेर मात्र आफ्नो राजनीतिक भविष्य स्थिर र सुदृढ तुल्याउन सकिन्छ भन्ने विश्वास माओवादीले लिएको देखिन्छ। माओवादीका निम्ति यतिबेला चुनौतीको रूपमा कोही उभिएको छ भने त्यो नेपाली राष्ट्रिय सेना नै हो। राष्ट्रिय सेनाको वर्तमान नेतृत्व (रुक्मांगद कटवाल) ले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिक स्वतन्त्रतासँगै प्रजातन्त्र जोडेर कुनै पनि प्रकारको अधिनायकवादका विरुद्ध नेपाली सेना लड्न तयार रहेको सन्देश पटक–पटक सार्वजनिक रूपमै प्रकट गर्नुलाई माओवादीले आफ्नाविरुद्धको हुँकार ठानेको छ भने त्यो अनौठो होइन। राज्यको सम्पूर्ण संयन्त्र आफ्नो काबुमा आइसकेको र वैधानिक जगमै उभिएर क्रान्ति सम्पन्न गर्ने आधार बनिसकेकोमा विश्वस्त माओवादी नेतृत्वलाई राष्ट्रिय सेनाको व्यवहारले सचेत र क्रूद्ध तुल्याएको छ। त्यसैले सेनाको नेतृत्व मात्र परिवर्तन गर्न सक्दा पनि क्रान्तियात्रामा तेर्सिएको एउटा पर्खाल ढल्ने निष्कर्ष उनीहरूले निकालेका छन् र पछिल्ला दिनहरूमा सेनापति परिवर्तनलाई मुख्य जोड दिइनुको मूल कारण पनि यही नै हो बन्न पुगेको देखिन्छ।
वास्तवमा माओवादी सत्तामा पुगिसकेका छन्, यसलाई नकारात्मक शब्दमा भन्नुपर्दा उनीहरूले सत्ता कब्जा गरिसकेका छन्। प्राप्त सत्तालाई सुदृढ, स्थिर, एकलौटी र संस्थागत तुल्याउनु मात्र माओवादीको ध्येय हो। नेपाली सेनाको नेतृत्वसमेत आफ्नो अनुकूलको तुल्याउनेबित्तिकै माओवादीका निम्ति यति अनुकूल स्थिति सिर्जना हुनेछ कि त्यसपछि माओवादीसँग बिमति जनाउनेहरूले आफूमाथि सङ्कट आइपर्दा उजुरी गर्ने ठाउँ पनि यो मुलुकमा रहने छैन। माओवादीले चाहेको हरेक कुराहरू क्रमशः पूरा हुँदै जाने स्थिति राष्ट्रिय सेनाको नेतृत्व परिवर्तनपश्चात् बन्ने देखिन्छ। यतिबेला सेनाले आफूलाई व्यावसायिक, अराजनीतिक र निष्पक्ष चरित्र दर्शाउँदादर्शाउँदै पनि सर्वसाधारण मानिस माओवादीबाट त्रस्त छन्, यति त्रस्त छन् कि उनीहरू आफूलाई डर लागेको कुरा बताउन पनि डराइरहेका छन्। अर्थात् मलाई डर लाग्यो भन्न पनि आजका नेपाली जनता डराइरहेका छन्। यस्तो अवस्थामा राष्ट्रिय सेनासमेत माओवादीको पकडमा गयो भने माओवादीले सत्ता कब्जाका नाममा थप कुनै कसरत गरिरहनुपर्ने देखिँदैन। राज्य संयन्त्रका सबै महत्वपूर्ण निकाय र नाकाहरूमा माओवादीले आफ्ना मानिसहरू चयन गरिसकेकै छ, राष्ट्रिय सेनासमेत आफ्नो नियन्त्रणमा आइसकेपछि नेकपा एमाले या फोरमजस्ता पार्टीहरूलाई सरकारमा ‘स्पेस’ दिइरहनुपर्ने आवश्यकता माओवादीले देख्ने स्थिति नरहन सक्छ। प्रधानमन्त्रीको पछिल्लो सम्बोधनमा प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेसलाई भन्दा धेरै बढी सत्ताका सहयात्री दलहरूलाई आलोचना गरिनु र सरकारले प्रभावकारी रूपमा काम गर्न नसक्नुको एउटा प्रमुख कारण सत्ताकै साझेदार दलहरूको व्यवहार ठान्नुले पनि प्रचण्ड परिस्थिति अनुकूल भएमा एमाले–फोरमजस्ता दलहरूलाई बोकेर हिँड्ने मानसिकतामा नरहनुभएको दर्शाउँछ। आज पनि अन्य दलका नेता तथा कार्यकर्ता जनताबीच निर्वाध रूपमा जानसक्ने अवस्था छैन। माओवादीले सत्ता आफ्नो पूर्ण नियन्त्रणमा लिइसकेपछि अन्य दलहरूको हविगत कस्तो होला सहज अनुमान गर्न सकिन्छ। प्रधानमन्त्री प्रचण्डको हालका अभिव्यक्तिहरूमा प्रकट भएका भाव र शब्दावलीहरूलाई केलाउँदा ‘उहाँ बिचरा हैरान हुनुभएछ, निकै सताइनुभएछ, केही गर्न त खोजेका रै’छन् गर्नै दिएनछन् नि’ भन्ने सतहमा देखिन्छ। तर, उहाँको अभिव्यक्तिमा अन्तरनिहित पाटो निकै खतरनाक छ। वास्तवमा प्रचण्ड एकलौटी र अधिनायकवादी शासन सञ्चालन गर्ने तयारीको पूर्वसन्ध्यामा हुनुहुन्छ भन्ने सत्य उहाँद्वारा प्रकट ‘पीडा’मा अभिव्यक्त भएको सहजै बुझ्न सकिन्छ। माओवादीले क्रान्तिको अर्को फड्को मार्ने सम्पूर्ण तयारी गरिसकेको यस अवस्थामा अन्य दलहरूको भने चेत अझै खुलेको देखिँदैन। च्याङकाइसेकको परिणति बेहोरेपछि मात्र सम्भवतः नेपाली प्रजातन्त्रवादीहरूको चेत खुल्नेछ, तर त्यतिबेला यी प्रजातन्त्रवादीहरूलाई टेक्नका निम्ति एउटा सानो ‘ताइवान’ भने कतै हुनेछैन।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
Nepali Passport Renewal
Are Nepalese cheapstakes?
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
To Sajha admin
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
Nepali Psycho
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters